Posted by: Gautam B. March 4, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नेपाली कान्छाजी, ठिक कुरा हो तपाईँको। साझाको सहि सदुपयोग हुनुपर्छ। हामी सबैले आत्मालोचना गरेर हरौँ, साझालाई सहि उपयोग गर्ने कुरामा हामी कति खरो उत्रेका रहेछौँ। ***************** माष्टर्नी नानी, मानचित्र र जिम्माल, कविता मन पराइदिनुभएकोमा धन्यवाद। माष्टर्नी नानी र मानचित्रबाट केहि नया कविता जाओस् न! (हुनत मेरो पनि गति कम भएको छ, माफ पाऊँ।)। जिम्मालले भने धाराप्रवाह लेखिरहनुभएको छ। यो गीतले पनि कला र सन्देश दुबैको राम्रो सन्तुलन राखेको छ। **************** गुरुङजी, निसन्देह हामी सबैलाई, नेपाललाई चाहिएको शान्ति हो। तर के कुरामा सचेत हुनैपर्छ भने अबको शान्ति मूर्दा शान्ति हुनु हुँदैन, हरेक मान्छेले अवसर पाउने, हरेक समुदायले अगाडि बढन पाउने 'जीवन्त शान्ति' हुनुपर्छ। नेपालको वर्तमान हिँसा र अन्यौल बास्तवमै नराम्रो हो तर प्रत्येक बादलमा चाँदीको घेरा भएझैँ यो अन्यौलभित्र नेपाली देश र समाजले फड्को मार्नसक्ने धेरै ठूलो सम्भावना लुकेको छ। यो हिँसाले आजसम्म हामीले देखेको 'मूर्दा शान्ति'भित्र भूसको आगोझैँ रहेका अनगिन्ती समस्याहरुलाई तपाईँ हामीले छर्लङ्गै देख्ने गरी सतहमा ल्याईदिएको छ। यी समस्याहरुलाई यत्तिकै छोडेर आउने शान्तिले अझ ठूलो अशान्ति ल्याउने छ। साथीहरुसंग आफ्नो मनको भावना साटेको है! अन्यथा नलिनु होला। *************** le chef du nuit जी (नेपालीमा कसरी लेख्ने तपाईँको नामलाई?), निकै दार्शनिक चिन्तन राख्नुभएको छ। यसको सोझो गाऊँले बुझाई "आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने" जस्तै हो? कि मेरो बुझाई गलत भयो?
Read Full Discussion Thread for this article