Posted by: kick March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हैन ए मास्टर्नी नानी के का उल्का अर्न लागेउ ए गाँठे तिम्ले त! बुडीलाई खुरुखुरु बुडाओ सुश्रुषा अर्न नदेएर के को तथानाम नारा सिकाउन थालेओ छिउ? चाइनी-नचाइनी कुरा किन सिकाउन परेओ हो कुन्नि बुडेसकालाँ? ‘काकी, यस्पाली त यो गामओ आमा समूहको अदच्छे हुन पर्च तपैं जो’ भन्दै उचाल्दै थिउ रे अस्तिन। बुडीले ‘के रैच र हो तो?’ भनेर मलाई सोध्दै थी। ‘खै कुन्नि बुडी, यस्सो हेर्दा त तिन्को काम भनेओ मैनाओ एउचोटी गामओ एउटो लोग्ने मान्छेलाई केरकार अर्नी, अनि मौका परे कालो मोसो दल्नि झैं मान्चु के रे’ भने। के जानम गाँठे मैले तिमुरआ गत न पताआ कुरा! बरु यस्सो आईमाई पाटीहुर भेटेर मीठा चिल्ला रोटा कसरी हाल्नि, मीठा तिउन-तर्कारी कसरी पकाम्नि छलफल अरे त हुन्तो के रे नी! चट्टै!
Read Full Discussion Thread for this article