Posted by: Poonte March 3, 2006
Login in to Rate this Post:
0
?
आफू नि धाईया थ्यो अस्कल! कुरो हुँदो हो यस्तै ४३-४४ सालको! (तालु छामम् है, एकैछिन। हो! ठ्याक्कै ४३-४४!)
आफूलाई भने त्यसबेला देखुन नै खूब राजनीतिमा सौख। घरबाट भने एस एल सि फस्ट डिभिजनमा पास गरेको छोरो, डाक्टरै बन्न पर्छ भुनेर अस्कल तिर ठेलेका। बाईलोजि कक्षामा लटरम्मै तरुणी देखेसि घरको कुरो ठीकै हो जस्तो लाग्यो।
तर घराँ थाहै नहुने गरि तिं नजिकैको सरस्वती क्याम्पसमा राजनैतिक शास्त्र पढ्न नि सुटुक्क भर्ना भा थिएँ।
अस्कल चईं धाईन्थ्यो त्यो बाटो पारिको रेलिङ् मा बसेर तरुणी जिस्क्याम्न, यसो बास्केटबल खेल्न र अलि अलि राजनीति गर्न। आई एस सि को सेन्ट अपले देखाईदियो नतिजा! साईन्स पढ्ने हिरो रे, बाईलोजि, केमेस्ट्री र फिजिक्समा ब्याक! म्याथ, अँग्रेजी र नेपाल परिचयमा चईं राम्रै गरें। नेपाल परिचयमा त शायद अलिक माथिकै अंकमा पर्थ्यो होला: ४२/५०!
अहिले त अखिलेको अड्डा जम्यो जस्तो छ त्यता। हाम्रो पालाँ त ने वि ले प्यानलै उडाका थियम्। म नि बने सदस्य। होमराज दाई चईं अध्यक्ष। ठ्याक्कै त्यै बेला सरस्वतीको रिजल्ट हुन अघि नै अमरिका आउने अवसर मिल्यो, अनि हुत्तिएँ यतातिर।
कुरो बुझ्दा मेगडालिना चईं हाम्रै दौंतरी जस्तो छ। सरहरुको नाम त किलास पड्न गए पो था हुन्थ्यो! एकजना क्याकुलसको सर हरि भक्त श्रेष्ठको चईं झल्झली याद आउँछ। क्याम्पस पड्ने अल्लाहरे उमेराँ वहाँको २-४ थप्पड खाको थिएँ, झ्याम कि झ्याम, दुवै गाला रननन हुने गरि!
हरि शरणम्! अब त बुढो भईयो के रे! स्याईईईईईईईईईईईईईईईईईई!