Posted by: Kedar_Sharma March 1, 2006
top 5 reasons why sajha is a nepali porn site
Login in to Rate this Post:     0       ?        
साथीहरू, साझा NEPALI PORN SITE हुँदैछ भन्ने भनाइ त अतिशयोक्ति नै हो। मेरो विचारमा त्यतिसारो भएको छैन। केही साझामा केही नग्नता बढेको भने पक्कै हो। तर समस्या यो मात्र पनि होइन। साझाको गम्भीरता कम हुँदै गएको अनुभव यहाँ हामी पनि गर्न थालेका छौँ र यो कुरा चाहिँ समस्या हो। हामीले नग्नता राम्रो हो वा होइन भन्ने नटुङ्गिने विवादमा जान आवश्यक छैन। जे भए पनि नग्नताको उद्योग अहिलेको संसारका सबभन्दा ठूला उद्योगहरू मध्येको नै एउटा होला। संसारभरमा मन पराइएको कुरा हामीले मन नपराउँदैमा हट्ने होइन। त्यसमाथि भद्दापनबाट जोगाउन सके नग्नतामा सौन्दर्य हुन्छ भन्ने कुरा संसारभरका कलाकृतिहरूबाट स्पष्ट हुन्छ। हामीमध्ये नै कतिजना यसलाई मन पराउने पनि हौँला। मेरो आग्रह चाहिँ के भने नग्नता ठूलो कुरा होइन भन्ने स्वीकारौँ र साझामा गम्भीर बहसहरूलाई अघि बढाऔँ। उदार विचार र गम्भीर बहसको समर्थनमा, केदार शर्मा
Read Full Discussion Thread for this article