Posted by: Nepe February 26, 2006
Login in to Rate this Post:
0
?
>ओम जी,
>तपाईँको कथामा फेरि आँखा पर्यो। म फेरि पनि यसलाई पुस्तकाकारमा छाप्नु पर्छ
>भन्नेमा नै जोड दिन्छु। तर कृपया यसलाई छाप्नु अघि राम्रोसँग छलफल र सम्पादन
>गर्नु गराउनु होला। किशोर किशोरीहरूको सम्बन्ध र मध्यपहाडी क्षेत्रको आर्थिक सामाजिक
>अवस्थाको यस्तो सजीव चित्रणका कारण यस पुस्तकले तहलका मच्चाउनेछ।
>केदार
ठ्याक्कै मेरो विचार । यसले पाठकवर्गमा तहल्का मच्चाउने मात्र होईन, यसबाट एउटा त्यस्तो चलचित्र बन्ने कल्पना गर्छु म, जसले पोल्टाभरि अन्तर्राष्ट्रिय कदर र पुस्कारहरु बटुल्नेछ ।
प्रकाशन पूर्व गर्नुपर्ने परिमार्जनकोबारे चाहि म अझ बढी जोड दिन चाहन्छु । यो विषय यस कथाको लागि मात्रै लागु हुने होईन । प्रथम लेखन र प्रकाशन बिचमा हुनुपर्ने व्यापक सम्पादन/परिमार्जनको अभाव नै नेपाली पुस्तकहरुको कमजोरी भनेर व्यावसायिक रुपले सफल लेखक सम्राट उपाध्याय तोकेरै भन्छन् । उनले आफ्ना पुस्तक प्रकाशन पूर्व सम्पादकको राय अनुसार कैयौं चोटी परिमार्जन गर्ने गरेको कुरा खोलेका छन् ।
त्यसैले ओकेजी, यो कथा पूर्ण भएर तपाईले आफ्नो तर्फबाट गर्नुपर्ने परिमार्जन गरिसके पछि एउटा योग्य प्रकाशक/सम्पादकसंग मिलेर राम्रो सम्पादन गराउनु होला । तर समस्या एउटै के भने नेपालमा पुस्तक सम्पादकको काम सामान्य भाषिक सम्पादन मात्र हो भन्ने ठानिन्छ । मैले त्यस्तो सम्पादकको कुरा ग-या होईन । मैले त सम्राट उपाध्यायलाई उनको पाण्डुलिपि पाँच पाँच पटक परिमार्जन गर्न लगाउने खालको सम्पादकको कुरा ग-या हुँ । केदार शर्माज्यूले पक्कै सहयोग या कुनै राम्रो नाम सुझाउन सक्नु हुनेछ ।
यो जो सम्पादन/परिमार्जनको कुरा भयो, यसबाट के चाहि भ्रम नपरोस् भने तपाईको कथा र शैलीलाई कुनै ढर्रादार ढाँचामा ढालिनुपर्ने आवश्यकता छ । वास्तवमा तपाईको कथाको यथार्थ र यथार्थवादी बयान यसका प्राण हुन् । त्यसमा तलमाथि प-यो भने ता यो निर्जीव भईहाल्छ ।
त्यसैले तपाईको कथाको सम्पादन एउटा ठूलै चुनौतीपूर्ण कामको रुपमा देख्छु म । भारेभुरेले सक्ने काम होईन यो । यो कुरोलाई याद राख्नुहोला ।