Posted by: gaalab February 26, 2006
Login in to Rate this Post:
0
?
नेपेसाहिंलाजी,
तपाईंले point of reference काठमाण्डौं उपत्यकालाई राख्नु भएको छ। त्यसमा मेरो केही भन्नु छैन जबसम्म तपाईं काठमाण्डौं उपत्यकाको इतिहास नियाल्न चाहनुहुन्छ भने।
तर नेपालमा को कहिले आइपुगे भन्ने तथ्यबारे आफ्नो बिचार राख्ने हो भने, उदाहरणको लागि,
गोरखाका शाहहरु कहिले मेचीकालीबिचको भूमिमा आए भन्ने तर्क राख्नु जरुरी छ, मल्लहरु कहिले हालको नेपालभूमि (त्यो काठमाण्डौं उपत्यका बाहिर पनि हुनसक्छ)मा छिरे भन्नेबारे अध्ययन गर्नु जरुरी छ।
सारमा भन्नु पर्दा,
यो हाम्रो १,४७,१८१ वर्ग किमीको भूभागभित्र को कहिलेदेखि बस्न थाले? त्यो महत्वपूर्ण छ। त्यसपछि मात्र कसले कसमाथि आक्रमण गर्यो, कसले एकीकरण गर्यो भन्ने कुरा आउछ । काठमाण्डौं उपत्यकामा आइसकेपछि मात्रै कोही नेपाली भएको होइन। यो सोचलाई हामीले भित्रैबाट महसुस नगरेसम्म नेपाल देश काठमाण्डौं र मोफसल, दरवार र रैती, केन्द्र र दूरगम को रुपमा टुक्रिरहनेछ।
पुनश्च: तपाईंले मल्लहरु पूर्व र दक्षिणबाट आए भन्नू भएको छ। तर, रमेश खड्काद्वारा लिखित 'कर्णाली' नामक पुस्तक हेर्ने हो भने मल्लहरु जुम्लाबाट काठमाण्डौं सरेको उल्लेख छ। कुन चाहिं सत्य होला?