Posted by: nepesahila February 25, 2006
It's time to split the country
Login in to Rate this Post:     0       ?        
आज भन्दा २८०० बर्ष जति अघिको कुरा हो, सुन्दर पहाडहरुले घेरिएको, एउटा बागमती नाम गरेकी नदि र नख्खु, गोदावरी, मनहरा, शाली, कोड्कु आदि स-साना खोलाहरुले सजिएको एउटा उपत्यका थियो। परापुर्व काल देखिनै ऋषिमुनीहरुले यस ठाउँलाई आफ्नो तपस्यास्थल बनाउँदै आएका थिए। पछि त्यहाँ दक्षिणतर्फ बाट आएका कथित गोपालहरुले (गाइपालेर जिविका चलाउने) बस्ती बसाए। उनिहरु मध्यका एक राजा भए। तिनको नाम भुक्तमान थियो। यिनीहरुको बारेमा कमै कुरा थाह छ। त्यसपछि पुर्वबाट किराँती जातीहरुले यस उपत्यकामा हमला गरी आफ्नो कब्जा जमाए। भनिन्छ, यिनीहरुकै पहिला राजा यलम्बरको पालामा महाभारतको युद्ध भएको थियो। यिनीहरुले उपत्यका र यसका पुर्वका संपूर्ण इलाकाहरुमा आफ्नो कब्जा जमाए र ११०० बर्ष सम्म आफ्नो शासन चलाए। गौतम बुद्ध, हिन्दुस्तानी राजा अशोक, यिनीहरुकै पालामा यस उपत्यकामा आएका थिए। अन्तिम किराँती राजा गस्तीलाइ ई.स. ३०० मा हराएपछि फेरी दक्षिणबाट आएका लिच्छबीहरुले यस उपत्यकामा शासन गर्न थाले। मानदेव, प्रचण्डदेव जस्ता ऐतिहासिक ब्यक्तित्वहरु यहि शासनकालमा देखिए। यिनैका पालामा यसउपत्यकाको काष्ठमण्डप (अपभ्रमंसित, काठमाडौं) भन्ने नाम रह्यो, पशुपतिनाथको मन्दिर पनि यिनीहरुले नै बनाएका थिए। पछि एक कालमा ठकुरी बंशले पनि काष्ठमण्डपमा शासन गर्यो। अंशुबर्मा ठकुरीहरुका पहिला राजा थिए। यिनैका योगदानले सारा तिब्बत प्रदेश बौद्धमार्गी हुनगयो। पछि आएर, ई.सं. १२०० मा मल्लहरुको यस उपत्यकामा कब्जा गरे। उनीहरुले उनीहरुले यस उपत्यकालाइ समृद्ध र कलाले भरिपूर्ण बनाए। यिनीहरु पनि दक्षिण तथा पुर्वबाट नै आएका थिए। जयस्थिति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, रणजीत मल्ल यिनीहरुका प्रख्यात राजा थिए। ई.सं. १७६८ मा पश्चिमी राज्य गोर्खाबाट पृथ्बी नारायण शाह नामका राजाले यस उपत्यकामा बिजय प्राप्त गरी शाहबंशी शासन सुरु गराए। यिनीहरुले यस उपत्यकालाई वरपरका सबै राज्यहरुलाई समेटेर एक बिशाल देश बनाए। यसकाममा मुख्यरुपमा ई.सं. १००० तिर उत्तरबाट आएका जनजातीको एक समुहले शाहबंशीहरुलाई बिशेष सैन्य योगदान गरेको थियो। यसको नाम नेपाल रह्यो। अहिलेको नेपालको बहुसंख्यकमा गनिने जातीहरु ब्राम्हण र क्षेत्री धेरै पहिले देखि दक्षिण र पश्चिमबाट पहाडिभेगमा बसाइँ सर्दै आएका हुन्। काँठका पहाडिभेगमा यिनीहरुको पहिले देखिने बसोबास भइआएको भएपनि, मुख्यरुपमा, ई.सं. १७६९ पछि मात्र यिनीहरुले काठमाडौंमा बिशेषरुपमा बस्तीबसाउन थाले। आज, ती गोपालबंशीहरु भनेका अहिले तराईमा बस्ने यादवहरु हुन्। किराँती भनेका राई, लिम्बुहरु हुन्। ई.सं. १००० तित उत्तरबाट आएका जनजाती भनेका गुरुङ, मगरहरु हुन्। लिच्छबीहरु अहिले पोडेमा दर्जीत छन्, मल्लहरु र बहुसंख्यक बौद्धमार्गीहरु, जो मल्ल भन्दा पनि धेरै पहिले देखि यस उपत्यकामा थिए, तिनीहरु नेवार हुन्। अब सबैजनाले मिलेर नतिजा निकालौं, नेपाल कसको, कसलाई कतिभाग दिने, को पहिला नेपालमा आएको, र कसको बढि हक लाग्छ? अझ पनि झगडा गर्ने हो?
Read Full Discussion Thread for this article