Posted by: Ok February 24, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३१ म ढोकाबाट पस्ने बितिक्कै म सुत्ने गरेको गुन्द्रिमा बसेकी मञ्जु जुरुक्क उठेर अचम्म मान्दै भनिन् "आबुई! ओम दाई, आईपुग्नु भो तपाईँ। बाबाले भेट्नु भो कि भएन? आज बिहानै बाबा ओखल्ढुंगा जानु भाथ्यो 'हाट पनि पुग्छु, ओमको पनि खबर बुझेर आँउछु' भनेर।" उनले एकैसासमा सकिन्। उनको अनुहारमा अचम्भित खुशिका रेखाहरु सलबलाए। अप्रत्याशित रुपमा मलाई देख्दा उनको हर्षले सिमा काटेको मैले राम्रैसँग बुझेँ। घनश्यामसरको घरबाट निस्केपछि मञ्जु मेरो कोठामा कहिल्यै आएकी थिईनन्। हुन त अघि बाटोमा नै घनश्यामसरले मञ्जु हिजो बेलुका नै मेरो कोठामा बसेको कुरा गरी सक्नु भाथ्यो। अँगेनामा मकै भुट्दै गरेकी बहिनी पनि अतालिंदै मलाई हेर्न ढोकाकै छेउमा आईपुगि। भोली बिहान आमालाई मेरो खबर सुनाउन घर जाने कुरा थियो रे भाईबहिनीको। "धन्न दाजु, तपाईँ आईपुगिहाल्नु भएछ, नत्र त म भोली बिहानै घर गैहाल्ने" बहिनीले पनि लामो सास फेरी। "राम्रो भो, आमाले मेरो यस्तो नराम्रो कुरा त सुन्नु भा रैनछ" मलाई अलिक ढुक्क लाग्यो। भाई चाहिँ छक्क परेर परैबाट हेरेर बस्यो, बिचारा त्यो केटाकेटीलाई के थाहा यी सब कुरा! बहिनीले थालमा भुटेका मकै हालेर ल्याई र गुन्द्रिको छेउमा राखि। सबैजना मकै खान थाल्यौं। मलाई पनि निकै भोक लागेको थियो। "अँ, घनश्यामसर सँगै आको म। मास्तिर दोबाटोबाट सर उता लाग्नु भो, अनि म यता आको। उहाँले नि मलाई छुटाएर ल्याउनु भाको" मञ्जुले म आउने बितिक्कै सोधेको प्रश्नको उत्तर मैले फूर्सदमा दिएँ "हिजो कतिबजे फर्केउ है तिमिहरु मञ्जु?"। मञ्जुले सबै बेलीबिस्तार लगाईन् "हिजो तपाईँलाई होटलबाट त्यो मान्छेले लिएर हिँडेपछि हामी तपाईँलाई त्यहाँ कुरेर बस्यौँ। धेरैबेर सम्म पनि तपाईँ नआँउदा त मलाई कस्तो डर लाग्यो। मैले नि शाहसरलाई सिडिओ कार्यालय जाँउ भनेर ढिपी गरेँ। हामी त्यहाँ पुगेर सोध्दा त त्यहि तपाईँलाई लिएर जाने मानिसले 'तिमरु घर गए हुन्छ, त्यो केटालाई त पुलिसले लगे' भन्यो। शाहसरले कारण बुझ्न सिडिओसरलाई भेट्न खोज्नु भो, तर सिडिओसर ब्यस्त हुनु भकोले आज भेट्न नमिल्ने भनेपछि हामी के गर्नु न के गर्नु भनेर धेरैबेर अल्मलियौँ। हामीले धेरै बिन्ति गर्दा पनि भेट्न नदिएपछि हामी रामपुर फर्केँउ। रामपुर पुग्दा साँझ परीसकेको थियो। शाहसर ‘हेडसरलाई ओमको खबर भन्छु’ भनेर उहाँको डेरा तिर लाग्नु भो। म घर पुग्ने बित्तिकै बाबालाई सबै कुरा भने। ममी पनि अतालिन थाल्नु भो। बाबा पनि छक्क पर्दै कारण जान्न खोज्नु भो। मलाई केहि पनि थाहा थिएन। अनि साँच्ची ओम दाई तपाईँलाई के भनेर लगेका पुलिसले?”। मैले कारण नथापाको जस्तो गरेँ “खै किन हो, मलाई केही पनि भनेनन्”। क्रमश:
Read Full Discussion Thread for this article