Posted by: Jhilka February 23, 2006
Of Tibetan origin???
Login in to Rate this Post:     0       ?        
निजी सचिव भएको चार वर्षमै विशाल घर केदार ओझा Kantipur काठमाडौं, फागुन १० - प्रहरी महानिरीक्षक श्यामभक्त थापाले अपहरण र डकैतीको अभियोग लागेका प्रहरी निरीक्षकलाई कारबाही नगर्नुको कारण अत्यन्त निकट सम्बन्ध भएको पाइएको छ । महानिरीक्षकको निजी सचिवालयमा कार्यरत प्रहरी निरीक्षक सुरेश ढुंगाना काठमाडौं जिल्ला प्रहरीले डकैती प्रकरणमा अनुसन्धानका लागि तीन सातादेखि खोज्दा पनि बिहीबार रातिसम्म फेला परेका छैनन् । तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ । .............. --------------------------------------------- तिब्‍बती मूलका 'रे??? कहिले देखि यस्‍तो चलन आयो शेर्पा लाई तिब्‍बती मूलका भनेर लेखिने। त्‍यही हिसाबले लेख्‍न हो भने तिब्‍बती मूलका फलानालाई भारतीय मूलका फलानो ढुगाँनाले...भनेर लेख्‍न पर्ने भन्‍या होईन र? अहिले आएर हाम्रा पत्रकार वन्‍धुहरुले उनीहरुका असली रुप देखाउन थाले।पृथ्‍वीनारानको एकीकरणको फायदा सीमीत वर्रगलाई मात्र भएको हो भन्‍ने साचोँ सावित भएको छ। त्‍यही हिसाबले अब आएर एउटा नेपालीले अर्को नेपाली सगँ परिचय गर्दा पनि तपाई कुन मूलको भनेर सोध्‍नपर्ने भएन त? देशको हालत यो नाजुक घडीमा गुज्रिरहेको वेला घुस्‍याहा रक्षक भक्षक र देशलाई तोडने लेख होईन, एकताको खाँचो छ। एकता र शान्‍ति चाहने हामी सवैले यस्‍तो चलनको भर्त्‍सना गरौ।
Read Full Discussion Thread for this article