Posted by: Birkhe_Maila February 21, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
क्यार्नु दादा, चाइन्जो लय मिलार बोलुम न त भन्दा कुरो बिग्रेच (बिग्रेछ?)। अब देखुन ख्याल राख्नु पर्ला। लु अनि धेरै बधाई छ सुपुत्री लाभ भएकोमा! हर्क बडाईँ त अर्नै पर्ने हो के रे। हो नि चिप्ले चाइन्जो बिजुलि पानीओ जर्किन लिन भनेर लालेकाँ गाओ हिजो, माथि डाँडा इस्कुलाँ भौते, कैले, किरे,आइते, धने सपै मिलेर मोजाको भकुन्डो बनार खेल्तै रेचन्। फेरि एउ छिन पछि मुइँले लालेकाँट जर्किनभुरि बिजुलि पानी ल्याको छ भन्ने कताटी चाल पाएचन् कुन्नि मुलाइ त समातिहाले बाटैमा। त्याँसि लु जिम्मालबा भएन अलि अलि त हाम्ले पनि चाख्नु परो भन्न थाले। " धुत हुँदैन, दादाओ छोरी जन्मेओ हर्क बडाईँलाई लान लाको" भनेर जति भनेनि केइ लाएन। " हैन जिम्माल बा पन्चाम्रित जस्तो चाख्ने मात्तै हो" भनेर भनो भौतेले, अनि केइ नलार मुइँले नि " लु हुन्छ अलि अलि फारो अरेर खाओ" भन्या त आधा जर्किन स्वाट पारे केटारुले क्यार्नु। हनि आफूलेनि यसो मुख भिजाओ हो यसबेला भो इ याँ आम्न।
Read Full Discussion Thread for this article