Posted by: chipledhunga February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
मैले नयाँ चौपारी बनाए देखिन् तेस् बारे धेरै पर्तिकिर्या आका रइछन्। कुरो के परो भन्देखिन् वर पिपल जोडी भाको झ्याम्मै पर्या ठाम् छानी वोरिपरी ढुङ्गाले घेरी लम्बरीकै बनाथें। यो हिउँदा बखताँ बरफे आँधी (ice storm) आएर रुखका हाँगा झर्न थाले। अनि नगरका सुरक्षा अधिकारीहरुले असुरक्षाको कारण देखाई रुख ढाल्न लगाए। त्यही कारणले गर्दा अहिलेलाई रुख नभाकै चौतारीमा बसम्। यो हिउँदा घाम ताप्दै बदम सुन्ताला खाँदै गफ गरम् न, किन चाहियो छारी सारी हैन ? अनि धागाहरुमा ३००को छेको हटेको जस्तो देखिए पनि चौतारीमा चाँही ३०० नाघेपछी नयाँ चौतारी बसाउनए परम्परा चाँही कायमै राखम् भन्छु है म त। धागो लम्बिदै जाँदा पछील्ला posting हरु हेर्न झन् झन् गार्हो हुँदै जाने देख्छु। अहिलेको design अनुसार कि त पछील्ला २०ले चित्त बुझाउनु परो कि त धेरै समय लगाएर पछील्ला ३०-४० posting हेर्न पर्‍यो। एउटा उदाहरण दिम् है। बिना छेको चौतारीमा ९०० posting पुगे रे। अब दुई तीन दिन पढ्न पाइएको थिएन, ३०-४० posting छुटेछन् रे। तेती हेर्नलाई ४४ चोटी next क्लिक्या क्लिकै गर्नु परो। पानाको फेदमा फलानो लम्बरको पानाँ जाने चोरबाटो भनी राख्नपरो कि त। बिहे गर्न गा सान दाजीलाई अहिले नै त के कचकच गराई भो र। तर कुनै धागो भित्रको जुन्सुकै पानाबाट अर्को जुन्सुकै पाना जान सकिने गरी चोरबाटोहरुको व्यवस्था नभएसम्म चाँही ३०० ननघाम् भन्ने मेरो विचार हो, अरु गाम्ले के भन्छन् कुन्नी?
Read Full Discussion Thread for this article