Posted by: nepalean February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कत्रो बिशाल हिमाल, सुन्दर पनि तेस्तै । मन आफ्नो पन ले न्यानो भो तर खुट्टा एक्दम चिसा । खुट्टा छामे, मिनिसोटाको हिउले त पक्के होइन । हन्टर्स बेका न्याना छालाका जुत्ताले राम्रै जतन गरेका छन । तर खुट्टा चिसा भै रहे । कता कता चिसा खुट्टा पानिले भिजेको महशुस भो । सधै तातो पानिले नुहाउने यो अमेरिकाको पानिले पक्कै नि भएका होइनन यि खुट्टा चिसा । तेसै मन बेचैन भो । दिउसो मध्यान्नमा हिड्दा हावाले उडाएका ढुंगा अनुहारमा ठोकिएको महाशुस गरे । मन पनि उड्यो हावा सगै सरर , तेहि दिउसो १२ बजे उड्ने हावा संगै जोमसोमे बजार तिर । ५ बर्ष अघि तरेको कालिगन्डकीको पानिले खुटा अझै चिसो बनाइराखेको रहेछ, नेपालको मायाले मन अझै न्यानो बनाइ राखेको रहेछ । आफ्नो देशको माटोसंग नमेटिने माया बसिसकेको रहेछ , देशका हरेक कुनासंग पिरती गासिसकेको रहेछु । यो तलको तस्बिरले ५ बर्ष अघि १२ बजे जोमसोमको हावा खादै कालिगन्डकिको तिरमा हिडेको याद दिलायो । यो हिमाल अन्नपुर्ण दक्षिण (annapurna south) हो । उक्त तस्बिर क्यानाडाकाAndrew Stevenson ले खिचेका हुन । यो हिमाल कास्किको घान्द्रुकबाट पनि प्रष्टै देखिन्छ ।
Read Full Discussion Thread for this article