Posted by: Birkhe_Maila February 15, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एउटा अर्को गाउँ! :) याद- तिम्रो यादले मलाइ सुस्तरी छुँदा म टोलाएर तारा हेरिरहन्छु र रातभरी मेरो आँखा खुलै हुन्छन; अनि सम्झन्छु म ति दिनहरु हामि संगै भएको! त्यो बगरमा हामी डुलेको। तिमीले मेरो अनि मैले तिम्रो, एक अर्काको नाम हामिले बालुवामा लेखेको। पूर्णिमामा दुबैले, चन्द्रमालाई हेरेर चुम्बन गर्दै बाचा गरेको! शहरको भिडमा दौडँदै म तिमीलाई भेट्न आएको। सयौँ घर अनि हजारौँ मानिसहरु, हाम्रो प्रेमको साक्षी भएको। अनि बिस्तारै तिमि म संग टासिँदा, मैले त्यो पल रोक्न खोजेको! तिम्रो कोमल हातले, मेरो गाला मुसार्दा र मेरो कुममा टाउको राखेर तिमी बस्दा हामीलाई निदाउन मन लागेको। तिम्रो शल गुटुमुटु पारेर मैले चुम्दै- “तिम्रो हरेक चिज मलाइ प्रिय छ” भनेको! फेरि तिम्रो औँलाको नङ मैले चुमेको, तिमीले मेरो हत्केला चुमेको, मैले तिम्रो कपाल चुमेर कपाल मै मुख लुकाएको! पानी परेको बेलामा, तिम्रो कपाल बाट त्यो पानीको थोपा तप तप गर्दै तल झर्दा, म पिइदिन्थेँ सबै पानीहरु! अनि लुगा भिजेकोमा, तिमी त्रसित हुनथ्यौ र म तिम्रो लुगा सुख्खा बनाउने असफल प्रयास गर्थेँ! एकछिन तिमी हाँस्दा, मेरो संसार हाँस्थ्यो! एकछिनमै तिम्रो निधार खुम्चँदा, मेरो संसार अँध्यारो हुन्थ्यो! ति मिलेका दाँतका लहर, म हेरेर युग बिताऊने सामर्थ्य राख्थेँ। “म राम्री छैन” तिमी भन्थेऊ “मलाइ सोध” मेरो उत्तर हुन्थ्यो! जुनेली रातको त्यो दुई पल, अनि त्यो दुई पल, हाम्रो मिठो प्रेमको, अझै ताजा छ! त्यो तिम्रो हेराइको नशा, अझै मलाइ छ। त्यो तिम्रो स्पर्शको चिन्ह, अझै छ मेरो मनमा! जीबन बिताउँछु म याद पिएर! त्यसैले, तिम्रो यादले मलाइ सुस्तरि छुँदा म टोलाएर तारा हेरिरहन्छु र रातभरी मेरो आँखा खुलै हुन्छन; अनि सम्झन्छु म ति दिनहरु हामि संगै भएको!
Read Full Discussion Thread for this article