Posted by: Birkhe_Maila February 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
******इमान्दारीकासाथ भन्दा दादाले भने झै उहाँ (NO BF) *********** हे हे हे माष्टरनी नानी जीवन सूत्रमा बाँधिई सक्नु भएको हो कि के हो? :) ल एउटा पुरानो गाउँ थप्दै छु, मनको कुरा कविता जस्तो बनाएर लेखेको थिएँ, केहि पहिलाको हो। प्रश्न; अनुत्तरित- यान्त्रिक मेरो जीवनमा , म जति जति सरल हुन खोज्छु त्यति मेरा कलपुर्जाहरु , खस्रो हुँदै जान्छन र यन्त्र घुमाऊने फित्ताहरु गाँठो पर्दै जान्छन। अनि म ग्रिज थप्छु; हाम्रो मायाको, तिम्रो बैँशको, मेरो यौवनको! तिमीले एक छेउ र मैले अर्को छेउ समातेर, फित्ता मिलाउँछौँ र फेरि जीवन चल्छ। सबै नियमित देखिन्छ। सबै प्राक्रितिक देखिन्छ। तर केहि मिलेको छैन अझै, उफ! कसरी मिलाउने मैले सरलता र तिमी संगको सामजस्यता??!!
Read Full Discussion Thread for this article