Posted by: once in a while February 14, 2006
Another example of "Brahma loot" by Gyanendra
Login in to Rate this Post:     0       ?        
दरबारले आर्थिक वर्ष २०६२/६३ मा विनियोजित आफ्नो बजेटको ७० प्रतिशत रकम पहिलो चार महिनामै खर्च गरिसकेको छ। चालू आ.बको प्रथम चार महिनाको खर्च स्थितिबारे महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको एक आन्तरिक प्रतिवेदन अनुसार दरबारका यो आ.ब.मा छुट्टाएको कूल रु.३५ करोड ५० लाख ७५ मध्ये कात्तिकसम्ममा २४ करोड ७७ लाख ४१ हजार ६६६ रुपियाँ निकासा भएकोमा सबै रकम खर्च भइसकेको छ। विनियोजित बजेटमध्येबाट अब वर्षको पछिल्लो ८ महिनाको खर्चकालागी दरबारसँग रु १० करोड ७३ लाख ३३४ मात्र बाँकी छ। कार्तिक मसान्तसम्मको खर्च यो अवस्थाले बाँकी बजेटबाट वर्ष दिन नधान्ने स्पष्ट छ। अब के त ? नाम नखोल्ने शर्तमा महालेखा नियन्त्रकको कार्यालयका एक उच्च अधिकारी भन्छन्, “स्पष्ट छ, चाँडै नै अध्यादेशमार्फत दरबारकालागी थप बजेटको व्यवस्था हुनेछ।” दरबारकै हाराहारीमा नभएपनि रक्षा र गृह मन्त्रालयकालागी विनियोजीत बजेटको पनि ठूलो हिस्सा वर्षको प्रथम ४ महिनामै निकासा भइसकेको छ। रक्षाकालागी चालु आ.ब. मा छुट्टाइएको (रातो किताब अनुसार) रु ९ अर्ब १ करोड २८ लाखमध्ये कार्तिकसम्ममा रु.४ अर्ब ३८ करोड ४१ लाख र गृहकालागी छुट्टाइएको ८ अर्ब २३ करोड ३५ लाखमध्ये ३ अर्ब ८३ करोड ५३ लाख निकासा भइसकेको छ। स्रोतका अनुसार यो अवधीमा निकासा भएको रकममध्येबाट रक्षाले रु.२ अर्ब ३४ करोड २३ लाख र गृहले रु.२ अर्ब ८२ करोड ७९ लाख खर्चिसकेका छन्। भदौदेखि मंसिरसम्म माओवादीको एकतर्फी युद्धविराम तथा हतियार खरिदका प्रमुख स्रोत रहेका मुलुकहरुले नेपालमाथी हतियार नाकाबन्दी लगाएका कारण रक्षा र गृहको खर्च आक्कासिन नपाएको हो। १९ माघ २०६१ मा राजाले शासनसत्ता हातमा लिएयता मुलुकले हतियार किन्दै आएको भारत, बेलायत, अमेरिका तथा विभिन्न युरोपेली देशहरुले हतियार सहयोग तथा बेच्नमा बन्देज लगाउँदै आएका छन्। यद्यपी युद्धविरामकै समयमा पनि रक्षा मन्त्रालय अन्तर्गत हुनुसक्ने विभिन्न विकास निर्माणका कामहरु हुन नसकेको सो प्रतिवेदनले देखाएको छ। यो ४ महिनामा विकास (पूँजीगत खर्च)कालागी भनेर छुट्टाइएको रु. १ अरब ८९ करोडमध्ये रु.५३ लाख मात्र अर्थात ०.२८ प्रतिशत मात्र खर्च हुन सकेको छ। जबकि यो अवधीकालागी खर्च गर्न भनेर २३ करोड ३१ लाख निकासा भइसकेको थियो। शाही आयोगको खर्चसमेत समाहित हुने अर्थ मन्त्रालयको विविध शीर्षकतर्फ विनियोजित बजेट पनि चार महिनामा व्यापक बढेको छ। यो शीर्षक अन्तर्गत चालूतर्फ विनियोजीत रु.८ अर्ब ६८ करोडमध्ये कार्तिकसम्ममै त्यसको २५ प्रतिशत अर्थात रु.२ अरब १८ करोड निकासा भइ सबै खर्च गरिसकिएको छ। - http://himalkhabar.com/content/view/87/1/
Read Full Discussion Thread for this article