Posted by: gwajyo February 14, 2006
Another example of "Brahma loot" by Gyanendra
Login in to Rate this Post:     0       ?        
राजा भ्रमणमा प्रत्येक गाविसबाट पाँच हजार कान्तिपुर समाचारदाता परासी, फागुन १ - जिविसले चार महिनाअघि बुटवलमा राजाको भ्रमणका बेला भएका खर्चहरू तिर्न जिल्लाका सबै गाविसबाट ५/५ हजार कटाएर बाँकी रकम निकासा गरेको छ । स्रोत अनुसार नवलपरासीका सबै गाविसले पाउने पाँच लाखको विकास अनुदान रकममध्ये ५/५ हजार कटाएर हालै तेस्रो निकासा गरिएको हो । रामग्राम नगरपालिकालाई पनि इन्धन शीर्षकमा १ लाख ३१ हजार बेहोर्न माग गरेको थियो । तर नगरपालिकाले उक्त शीर्षकमा खर्च गर्न नसकिने भनेर फिर्ता पठाइदिएको छ । स्राेतका अनुसार असोज २० गते बुटवलमा भएको सवारीमा नवलपरासीले ७ लाख ६४ हजार रुपैयाँ बेहोरेको थियो । यो रकम सर्वसाधारणलाई बुटवल ल्याउन लैजान यातायातमा खर्च गरिएको थियो । त्यतिबेला प्रशासनले सर्वसाधारण ओसार्न जबर्जस्ती ६९ बस र करिब अढाई सय ट्रक प्रयोग गरेको थियो । सवारीको अघिल्लो दिन असोज १९ गते बसेको जिविसको बैठकले ७३ वटै गाविस अनुदानबाट कट्टा हुने गरी ५ हजार सवारीमा खर्च भुक्तानी दिने निर्णय गरेको थियो । गाविस सचिवहरूले गाविसले पाउने ५ लाखमा ५ हजार घटाएर दिइएपछि रकम कट्टा गरिएको थाहा पाएको जनाएका छन् । परिषद् सम्पन्न गरिसकेका गाविसहरू रकम निकासा जिविसले सुरु गरेको छ । केही गाविस सचिवले सवारीका लागि भनेर ५ हजार दिन नमिल्ने भए पनि जिविसले जबर्जस्ती कट्टा गरेको बताए । गैंडाकोटस्थित एक पेट्रोल पम्पलाई इन्धनका लागि बुझाउनुपर्ने १ लाख ३१ हजार तिरिदिन गरिएको पत्रलाई रामग्राम नगरपालिकाले ठाडै अस्वीकार गरेको छ । 'नगरको कोष नै सानो छ, योजनाबाट त्यतिकै पैसा काटेर दिइएन,' नगरप्रमुख विजयकुमार अग्रहरीले भन्नुभयो । ekantipur
Read Full Discussion Thread for this article