Posted by: Birkhe_Maila February 12, 2006
Login in to Rate this Post:
0
?
'कविताको देश', म जस्ता धेरै साथीहरुले मनपराऊनु भएको देखिन्छ। त्यसमा अझै धेरै साथिहरुले आफ्नो कविता थप्दै हुनुहुन्छ जुन स्वागतयोग्य छ!
शायद त्यसै बाट प्रभावित भएर होला मलाइ केहि दिन देखि साझामा एउटा कथाको धागो पनि भए राम्रो हुन्थ्यो जस्तो लाग्यो त्यसैले यो 'कथाको देश' शुरु गर्दै छु। धागो सुरु गर्दा नयाँ कथा भने टाँस्न सकिन तर पनि एउटा पुरानो कथा टाँस्दैछु, यसपछि आशा छ साथिहरुले यसलाई निरन्तरता दिनुहुनेछ!
बेरोजगारी व्यथा-
मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ!
निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो।
बिहान उठे देखि नै मन ठिक थिएन उसको। हुनत उसलाई बिहान अबेर सम्म सुत्न मन् लाग्छ तर बिगत केहि दिनदेखि ऊ बिहान ४ बजे नै उठेर डेरा बाट बाहिर निस्कन्छ र राति अबेर
फर्कन्छ।उसलाई थाहा छ यो चौथो महिना हो उसले घरभाडा नबुझाएको। घरबेटि संग राम्रो सम्बन्ध थियो उसको त्यसैले उसके आफूलाई परेको अप्ठ्यारो घरबेटीको सामु राखेको थियो र ३महिना नबित्दै सबै भाडा बुझाउने बाचा गरेको थियो।स्वाभिमान हुँदै नभएको मान्छे त हैन ऊ,
तर अहिले त्यो स्वाभिमान कायम राख्न उसलाई धेरै गाह्रो पर्दैछ त्यसैले घरबेटीलाई मुख
देखाउन नपरे हुन्थ्यो भनेर ऊ यस्तो गर्दै छ; मानौँ खल्तिमा पैसा नलिइ घरबेटीको सामुन्ने
नपर्ने अठोट लिएको छ।
ऊ जाउलाखेल पुग्यो र दूरसंचार कार्यालयको छेउ हुँदै कुमारीपाटी तिर मोडियो।
"उफ.. ढिलो भैसकेछ" घडि हेर्दै उसले मनमनै भन्यो।
११ बजेर केहि मिनट गएको हुँदो हो। ट्याक्सि, टेम्पो, बस र मोटरसाइकलले धुलो उडाउँदै
कोलाहाल मच्चाइराखेका थिए सडकमा। यता उता हिँड्ने मान्छेहरु पनि धेरै नै थिए र सबै
हतारमा देखिन्थे। उसले फटाफट पाइला चाल्न थाल्यो। दौडेर जाने मन भैरहेको थियो उसको
तर दौडेन।
आखिर ऊ त्यहाँ पुग्यो। गाडिले उडाएको धुलोले उसको कपाल र कपडा धुलाम्म्य बनाएको
थियो। कपाल झड्कारेर धुलो झार्यो अनि सर्ट र पाइँट पनि टकटक्यायो। दाँतमा धुलोले
किरिकिरि लागेको जस्तो लाग्यो उसलाई,खल्ति बाट रुमाल झिकेर मुख पुछ्यो र एक पटक
आन्द्रै बाहिर निकालौँला जसरि खकारेर एउटा ठूलो खकारको गुजुल्टो थुक्यो र भित्र पस्यो।
..क्रमष..