Posted by: KaLaNkIsThAn February 12, 2006
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
म त आँसन काजी ले कमल चक्की काँ पाईन्छ भनेर सोध्या जस्तो लागेर कमल चक्की त यहाँ पाईन्न, "नेपाल नै जान पर्छे" भनेर सटिक जवाफ दिन हतार हतार साझामा मुढा-छिराएर (लग-इन) आको त अर्कै कुरापो सोध्या रै छ। "उ ले भन्दा गु ल्याउला" जस्तो म कलंकी ले प्याट कुरा बुझ्या भएत मरिजाम ।। त्यो ईकास ब्रो को साँफ्टभेर डाउनलोड गर्न त एकदम सजिलो छ नि :D म तल लिन्क छाप्छु, काजी तल जानुस, अनि तल गएर माथि आउनुस, भएन भने फेरी तल जानुस, अनि सामान लोड गर्नुस, अनि फेरी माथि आउनुस, त्यो काम गरेन भने मैले छाप्या लिंक मा मुसा को काँर्सार राख्नुस, अनि देब्रे आँखा झिम्काउदै दाईने हातको देब्रे पट्टि को "मुसा" कोट्टाउनुस। अनि एकछिन जोखना हेर्नुस, अनि दाईने हात को दाईने तिरै भाको कम्प्युटर वाला मुसा को दाईने तिर थिच्नोस् ।।। दाईने तिर थिच्दा कम्प्युटर को टिभिमा दाईने तिरै एउट खै कुन्नि के हो आउछ। सबै भन्दा माथि "ओपन" लेख्या हुन्छ -- लुगा खोल्नुस। तर कट्टु, गन्जि चाँहि नखोल्नुस। त्यस पछि "आँपन ईन धी न्यू भिन्डो" भनेर लेख्या हुन्छ। अब के था काजि को भिन्डो (झ्याल) के, कत्ति नयाँ हो कुन्नि। प्राय जसो बाटो तिर फर्क्या झ्याल नैया हुन्छ, त्यहि झ्याल मा बसेर गन्जि कट्टु खोल्नुस। त्यसपछि कम्प्युटर मा फर्किनुस। अर्को के जाति "सेभ धी टार्जेट" लेख्या, हेरी ऽऽऽऽ हो त्यहि बज्जेलाई थिच्नुस। अनि कतैतिर "बचाएर" राख्नुस। अब चल्छ कि चल्दैन त्यो चाहि था छैन है ।।। चलेन भने साझामा आएर फेरी पोस्ट गर्नुस। हेरि लिंक चै यहि हो ल - http://www.niu.edu/~deepak/roman2unicode/release/
Read Full Discussion Thread for this article