Posted by: world_map February 11, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
भौतेजीले सान्दर्भिक धागो शुरू गर्नु भएको रहेछ, केही प्रतिक्रियाहरू दिइहालौं। सर्वप्रथम त नेपाली भाषा भौगोलिक विभाजन अनुसार फरक फरक तरीकाबाट बोलिने भएपनि एउटा औपचारिक मापदण्डको आवश्यकता अपरिहार्य छ। यो बिना भाषा गोठालो बिनाको भेंडाको हुल झैं यताउता भौंतारिन सक्छ। तर भाषालाई एकैतिर मात्र मोड्ने प्रयास गर्दा निरस र अनाकर्षक देखिन पुग्दछ। त्यसकारण, लेखन तथा औपचारिक कामका निम्ति 'स्टा्यान्डर्ड' नेपाली भाषा प्रयोग गर्ने र अरू प्रयोजनका लागि स्थानीय लवजलाइ समयोचित रूपमा प्रोत्साहित गरिनु पर्छ। अनि सिरेले केही प्रयोगमा नआएका अक्षरहरूलाइ पूर्णत: अन्त्य गर्ने भनेको कुरा पनि केही हदसम्म ठीक हो तर यसमा अलि संयम अपनाउनु जरूरी छ जस्तो लाग्छ। प्रयोगमा नआएका सम्पूर्ण अक्षरहरू फाल्नु भन्दा केही प्रयोगमा नआएका अक्षरहरूलाइ प्रयोगमा ल्याउने कोशिश गर्दा बढी फाइदा हुन सक्छ। भौतेले भने झैं ‘s’ र ‘sh’ को फरक नेपालीमा असान्दर्भिक देखिएपनि अंग्रेजी र अरू भाषामा नभैनहुने अक्षरहरू हुन्, जुन बिना शव्दको अर्थमा आकाश पातालको भिन्नता देखिन आउँछ। अंग्रेजी, हिन्दी र उर्दू भाषीहरूसँग संगत गर्दा मैले नेपालीमा लेख्नमा प्रयोग हुने तर बोल्नमा नहुने केही अक्षरहरू फेला पारेको छु। जस्तै: ‘v’ --- वी ‘b’--- बी ‘bhi--- भी ‘s’--- स ‘sh’--- श ‘j’--- ज ‘g’--- ज ‘z’--- ? ‘ph’--- फ ‘f’--- ? माथि ‘v’ सही ढंगले उच्चारण गर्न नसक्दा अंग्रेजी, उर्दू जस्ता भाषा स्पष्टसँग बोल्न सकिंदैन अनि बुझाउन अत्यन्त कठीन हुन्छ। यस्तो समस्या विदेशमा बसेका नेपालीहरूका लागि पक्कै पनि नौलो नहोला। ‘z’ लाइ पनि ‘ज’ नै भनी उच्चारण गर्नाले पनि समस्या उत्पन्न गर्छ। ‘giant’ र ‘zebra’ का शुरूका ‘ज’ अवश्य पनि फरक तरीकाले उच्चारण गरिन्छ। नेपाली भाषामा नभएको यौटा अर्को अक्षर ‘f’ हो जुन हामी ‘ph’ जस्तै ‘फ’ उच्चारण गर्छौं। यसरी नेपाली भाषामा कहीं आवश्यक अक्षर छैनन् भने कतै अक्षर भएर पनि आवश्यक रूपमा बोलिचालीमा प्रयोग हुन सकेको छैन। यस्ता अक्षरहरूको महत्त्व बुझेर सही स्थानमा समुचित प्रयोग गर्न सकेमा हाम्रो भाषाको रौनक केही मात्रामा भए पनि बढ्ने थियो कि?
Read Full Discussion Thread for this article