Posted by: shree5 February 10, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
मेरो कुरालाई नेपे दाईले एक दम राम्रो सँग "आर्टिकुलेट" (लिपीबद्ध -?) गरिदिनु भयो, प्राविधिक क्षेत्रमा 'निर्धारित' रुपको प्रयोग र प्रविधि-ईतर क्षेत्रमा विविधतालाई स्विकार गर्ने भनेको हो यद्यपि मैले "प्राविधिक" शब्दलाई चाँहि speciality भने अझ राम्रो हुन्छ भन्ने थप्ने विचार गरेको, फेरि नेपालीमा भन्न आएन (विशिष्ट - ?)। अनि what more जी को फेरी ईन्टरनेट र कम्प्युटरको युगमा स्ट्यान्डर्ड-आइज गर्नु पनि त आवश्यक हुन्छ । भन्ने आग्रह झनै महत्वपूर्ण छ - यदि भाषा भनेको सँचार / अभिव्यक्तिको माध्यम हो भने - ढर्रा (शास्त्रीय - classical भन्न खोजेको है) शुद्धता र व्याकरणमा मात्र रोकिएर भएन जसले बोलिने र लेखिने को बीचमा अनाहकमा फाटो पारिरहेको छ । बरु लोक-लहर अनुसार नै तर सन्तुलित रुपमा ब्यवहारिक तथा सरल हुने गरी सामञ्ज्यस्ता ल्याईए त काईदा हुने थियो भन्ने ईच्छा राखेको । मदन पुरस्कार गुठीले विकास गरेको यूनिकोड र साझाकै Echoes जी ले विकास गरेको "कन्भर्टर" ले नै कत्रो impact पारेको छ यही साझामा - त्यही नै अनुपम उदाहरण होईन र ? मपु ले युनिकोड को बिकास नगरेको भए कमसेमक मैले चाँहि नेपालीमा टाईप गर्ने कल्पनै नै गर्ने थिईन । त्यसो भएर नै मैले अँग्रेजी को कुरा उप्काएको नेपे दाजीले भने जस्तै र मेट्रिक सिस्टम को कुरा गरेको what more जी ले भने झैँ । what more जीको अर्को आग्रह SLC पास हुने कुरा पनि कम्ति महत्वपूर्ण छैन । यो कुरा पनि नेपे दाईले भनेको जस्तै बिविधता कै पक्ष हो । साथीहरुले भन्नु भए झैँ नेपाली भाषा कुनै जात-विशेष को पेवा त हुँदै होईन तर त्यो कुरो लाई सँस्थागत र पक्का गर्ने हो भने दुई वटा बाटा हुन सक्छन् । एउटा melting pot नमुना - जस अनुसार नेपाली भाषा नै यति व्यापक वा आवश्यक वा आकर्षक वा लोभलाग्दो हुनु प-यो कि सबैले शास्त्रीय नेपाली भाषा जे जस्तो छ त्यही शास्त्रीय रुपमै प्रयोग गर्न लालयित हुनु प-यो । अमेरिकी जिवन-पद्धति वा अँग्रेजी भाषा जस्तो । दोस्रो बाटो भनेको salad bowl नमूना वा नेपाली सन्दर्भमै भन्दा "फूलको माला" जस्तो । अहिलेको हिसाबले पहिलो बाटो भनेको सिधै असम्भव भनि दिए अन्यथा नहोला । दोस्रो बाटोमा जानलाई सबैको कुरा सुन्न पनि प-यो, अरुको पनि लिन प-यो र आफ्नो पनि दिन प-यो - तर अराजक रुपमा भनेको होईन, सन्तुलित रुपमा । "प्राविधिक क्षेत्रमा 'निर्धारित' रुपको प्रयोग र प्रविधि-ईतर क्षेत्रमा विविधतालाई स्विकार गर्ने' भने झैँ। नेपालको ground reality के हो भने नेपाली भाषा नै मातृभाषा नहुने समुदायमा अझै पनि यो भाषा 'सिक्नै पर्ने भएर सिकेको बिदेशी भाषा' को रुपमा हेरिने दिन टाढा छैन । यसरी त भाषा सिक्नेलाई पनि त नमज्जा हुने नै भयो । मैले क्यानाडाका स्कूलहरुमा देखेको प्रथा पनि धेरै रमाईलो लाग्दछ । यहाँ पनि अँग्रेजी र फ्रेन्च सिक्नै पर्छ शुरु देखि नै, त्यस बाहेक अरु भाषा हरुमा पनि कम्तिमा एउटा चाँहि "सामाजिक शिक्षा" कै पढाईको रुपमा पढ्नै पर्छ - अलिक माथिल्लो कक्षा बाट - जस्तो ४, ५ कक्षाबाट । उनीहरुले छानेर स्पानिश, ईटालियन मात्रै होईन, चीनिया, पन्जाबी, अरबी आदि आदि आ-आफ्नो भाषा पनि सिक्न सक्दछन् र त्यही भाषामा "क्रेडिट" गर्न पाउँछन् - पास / फेल हुन पाउँछन् । नेपालमा पनि सुधारिएको नेपाली र अँग्रेजी लाई अलिक बढी जोड दिएर बाँकी सँस्कृत, हिन्दी, नेवारी, गुरुङ्, मगर, तीब्बती, चीनिया आदि भाषाहरु ऐच्छिक बनाए त कस्तो रमाईलो हुँदो हो भन्ने मेरो नितान्त ब्यक्तिगत ईच्छा नि । बाँकी फेरि गफ गरौँला । बरु डर पनि लाग्न लाग्यो, यो धागो "व्याकरण" को बारेमा शुरु गर्नु भएको भउतेले, मेरो कुरा भने धेरै असान्दर्भिक पो हुन लाग्यो, क्षमाप्रार्थी छु है । अनि साझामै बेला बेलामा आईलाग्ने सान दाईले लेख्नु भएको एतातिर हेर्नुस कत्तिको शुद्ध छ नि, यता हुनु पर्ने होईन र गुरुहरु ;) Keep rolling...
Read Full Discussion Thread for this article