Posted by: Nepe February 9, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
ह्वाट मोर जी, सान्दर्भिक बहस । नेपाली भाषाको निर्धारित (standard) र वैकल्पिक (alternative) स्वरुपबारे म व्यावहारिकतावादीको सोचाई अन्यथा के हुनसक्छ- निर्धारित स्वरुप जरुरी र वैकल्पिक/विविध स्वरुप चाहिं स्विकार्य हुनुपर्छ, तिनको यथास्थान यथोचित प्रयोग हुने गरेर । यथास्थान, यथोचित भन्नाले प्राविधिक क्षेत्रमा 'निर्धारित' रुपको प्रयोग र प्रविधि-ईतर क्षेत्रमा विविधतालाई स्विकार गर्ने भनेको हो । निर्धारित भाषाको, खास गरेर नविन प्राविधिक शब्दहरुको आविष्कारको हकमा, हिन्दीको यथासंभव अनुकरण हुनु बढी व्यावहारिक होला भन्ने मलाई लाग्छ, दुवैले संस्कृतलाई श्रोत मानेकाले । हिन्दीबाट फरक पहिचान राख्नैको लागि हिन्दीमा प्रयोग हुने भन्दा अलग्गै किन्तु संस्कृतनिसृत नै शब्द आविष्कार गर्ने नखराको पक्षमा म छैन । त्यसको साटो, बरु उर्दुभाषीहरुले जस्तै अंग्रेजीकै तत्सम शब्द स्विकार्ने वा हिब्रुभाषीले जस्तो किञ्चित तत्भव बनाएर ग्रहण गर्ने पक्षमा छु । Television लाई दूरदर्शन नभनेर टेलिभिजन भन्न सक्नेले Computer लाई परिकलन यन्त्र नभनेर सांख्यिकी रे । नखरै बेसी । ल जारी रहोस्, कुराकानी । (मेरो ह्रस्व-दीर्घ र पंक्चुएशन चाहि खत्तम छ है)
Read Full Discussion Thread for this article