Posted by: gaalab February 9, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
भउतेजीले राम्रो कुरा थाल्नुभएको छ। हामीले नेपाली (विशेष गरी हिज्ये) शुद्ध लेख्नु जरुरी छ- नेपाली भएको कारणले मात्रै हैन कि 'वेब सर्च' अर्थात् वेबखोजीको निमित्त पनि। गुगलजस्ता खोजी‍-इञ्जिनहरुमा युनिकोडमा पनि वेबमा भएका सामग्रीहरुको खोज गर्न मिल्ने भएको छ। वेबमा पेजहरु राख्नेले शुद्ध भाषामा लेखिदिएमा युजरले पनि खोजेको जानकारी सुपथमा पाउन सक्छन् भने वेबपेज खडा गर्नेहरुले पनि आफ्नो पेज बढीभन्दा बढी युजर समक्ष पुर्याउन सक्छन्। एक डेढ वर्ष अगाडि साझामा नेपालीमा लेख्नेहरुको संख्या एकदम न्यून थियो, अहिले यहाँ नेपालीमा धेरै कृतिहरु लेखिइसके, धेरै सार्थक छलफल पनि भए । मलाई लाग्छ अब हामीहरुले (साझामा मात्र हैन सारा वेबसंसारमा) शुद्ध नेपाली प्रयोग गर्नु आवश्यक छ। अन्तीममा, एउटा टिप्स सहित: 'इय' मा अन्त्य हुने सबै शब्दको अन्त्य दीर्घमा गर्नुपर्छ (अल्पवाद - राष्ट्रिय)। जस्तै- भवदीय, मानवीय, कल्पनीय, आदि।
Read Full Discussion Thread for this article