Posted by: Bhaute February 8, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
कुरोमा कुरो चलिहाल्यो। गौतम जीको वाक्य पढेर एउटा कुरो सम्झेँ। अस्ति ओके दाइले मेरो गजलमा एउटा कुरा उठाउनु भएको थियो। "युध्द" वा "युद्ध" वा "युद्द" मा कुन शुद्ध भनेर। त्यस पछि मैले सानोतिनो अध्यन ( अध्ययन ??) नै गरेँ। मेरो अध्यनबाट यस्तो पाएँ। साथिहरुको सुझावको अपेक्षा छ है। कुरो के भने यो "द" र "ध" को संयोजन भएका शब्दहरु जस्तै: युद्ध, शुद्ध, क्रुद्ध, अबरुद्ध आदि आदिमा पहिले "द" मा हलन्त लगाउने अनि "ध" लेख्नु पर्ने जस्तो देखियो। मैले पहिले "ध" मा हलन्त लगाएर "द" लेख्ने गर्थेँ। जस्तै माथि गौतम जीले लेख्नु भो नि " शुध्द"। यो "शुध्द" होइन कि "शुद्ध" हुनु पर्ने जस्तो छ। तारानाथ सर्माको १-२ किताब हेरेँ। उनले "युध्द" होइन कि "युद्ध" लेखेका रहेछन्। "द" र "ध" को संयोजन भएका माथिका जस्ता सबै शब्दहरुले के यै नियम पालन गर्छन् ? वा दुबै नै सही हो? वा "ध्द" भएका शब्दहरु पनि छन्? भाषाको छलफलको लागि यो मेरो तर्फ बाट पहिलो जिज्ञासा। यहाँहरुको बिचारको प्रतिक्षामा। :-) -भउते
Read Full Discussion Thread for this article