Posted by: nepalean February 8, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
हाम्रा सरुभक्त उर्फ भउतेलाइ आज नेपाली भाषाको मायाले थिच्यो कि नेपालको मायाले थिच्यो ? हुन त देशै चीन र भारतले थिचिएकोले होला नेपाली जनता सधै केही न केही निहुमा मिचिएका छन । तर पनि यो थिचोमिचो चित्त नबुझेकोले टाढैबाट भए पनि यसरी बन्द होला कि उसरी बन्दहोला भनेर देशप्रेमले ओतप्रोत जुहारि चलिरहन्छ ।प्रबिधिको बिकाश संगै कम्पियुटरमा नेपाली लेख्न पढ्न अनि लेख्न पाउनु कम सोभाग्यको कुरा होइन ? तेसो त देशप्रति माया दर्शाउन नेपालीमा एक शब्द लेख्दा यो मन तेशै फुलेल भएर आउछ, झन नेपालीमै लामा लामा कुरा लेख्न पाउदा त बिरभद्रको बहादुरिपन र अमरसिहं थापाको देश प्रेम महशुस हुन्छ । हुन त निकै मिहेनेत पश्यात नेपालीमा लेख्न सक्ने म जस्ता जमात थुप्रै होलान, तेस्ता झुन्डको लागी त भउतेजीको शुद्द नेपाली लहर फलामको चिउरा नै हुनुजान्छ । मेरै आफ्नो अनुभव भन्नु पर्दा ह्रश्व दीर्घको हैरानीले नेपालीको परिक्षामा शब्दै फेरेर लेख्थे , अब यो साझामा त पक्कै पनि शुद्दतामा ध्यान दिने कुरै भएन । तर पनि भउतेजीको बिचार सराहाय छ । म अरुलाइ सल्लाह दिन नसके पनि अरुको सल्लाह लिदै शुद् लेख्ने प्रयास गर्ने छु ।
Read Full Discussion Thread for this article