Posted by: shirish February 8, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
वसन्त कुमार गौतम (हाल: चुबु विश्वविद्यालय, आइची, जापान) गजल फेरि कालो वर्षातको याम आयो लाग्छ बादलमा लुकी घाम आयो ! खोटा सिक्काले भरेर खल्तीहरु नया 'दण्ड, दान, भेद, साम आयो ! बस्ती कसरी पसे कंकालहरु? प्रेतहरुको तामझाम आयो ! प्वाँख पलाए जस्तो छ कमिलाको पुतली हुँ भन्दै छलछाम आयो ! अधूरै नराख्नु अब इतिहास अवसरको अन्तिम खाम आयो ! www.nepalikavita.com
Read Full Discussion Thread for this article