Posted by: shree5 February 8, 2006
yes yes wireless internet
Login in to Rate this Post:     0       ?        
भनेसि यूनिभर्सिटी हाउजिङ्ग सुबिधा मलाई पुग्यो प्रभु- म offcampus नै बस्ने, दुई महिना हिउँ भएको बाटो हिँड्न पर्ने त हो, आखिर यो शहरमा बिद्यार्थीलाई सार्वजनिक यातायात नि:शुल्क नै छ क्यारे - जहाँ गए पनि र बस, ट्रेन जे मा चढेर गए पनि । फेरि सार्वजनिक यातायात एकदमै राम्रो छ, अनि जाडोमा पुरै स्टेशन समेत तताएको हुन्छ । कमसेकम offcampus मा त आफू बस्ने घरको एउटा घरबेटी हुन्छ, अनि त्यो घरको छिमेकी नि हुन्छ - अहो छिमेकी नि हुन्छ भनेसि त जे पायो त्यही हल्ला गर्न त तेस्तो सहजता नहोला नि । छिमेकीका आशले भए पनि म अब देखि offcampus नै बस्ने । हो हो, छिमेकी जिन्दाबाद । अब क्याम्पस को क्षेत्रफल निकै नै ठूलो छ । बाहिर offcampus मा सामान्यतया एउटा घरमा एउटा तल्लामा ३ जना ले share गर्न पर्ने हुन्छ । र सरसफाई, हल्ला नगर्ने आदि कुरामा एकदमै अनुशासन कायम हुने गर्दछ । र सामान्यतया ग्राजुएट विद्यार्थीहरु मात्रै बस्ने गर्दछन् । र धेरैजसो त्यस्तो घरमा सबै कोठामा high speed internet सुबिधा प्राप्त हुने गर्दछ । अझ भन्नु पर्दा यहाँको चलन नै के भने, अझ खास गरि ग्राजुएट विद्यार्थीहरुमा, हरेकको एउटा ल्यापटप र सेल फोन हुन्छ - बाँकी गुन्टा-बिस्तारा बाहेक । किचन धेरै जसो साझेदारीमा हुने भएकोले किचेनका सामान किन्नु पर्दैन । राईस कुकर देखि टोस्टर देखि कफि मेकर सम्म घर बेटीले नै दिन्छ । बेडरुम लगायत लिभिङ्ग रुममा फर्निचर नि पुरै दिन्छन घरबेटीले । र साथसाथै हरेक बेडरुममा कि त ल्यापटप dock गर्न मिल्ने high speed internet को पोर्ट कि त घर भरि high speed wireless internet हुने गर्दछ । मेरो काम मुख्यत: सिभिल ईन्जिनियरिङ्ग भए पनि झन्डै ४ हजार किलोमिटर परको कम्प्यूटर नेटवर्कसँग दिनहुँ लामै समयसम्म सम्पर्क गर्न पर्छ र सो सफ्टवेयर लाई high speed internet नभई नचल्ने । भनेसि मेरो मुख्य आवश्यकता नै (१) शान्ति र (२) high speed internet भएको । म पनि घर खोज्दै हिँडे र पुगे नजिकैको neighborhood मा । चिनिया मुलका घरबेटी थिए । टोल नै चिनीया घरबेटीहरुको थियो- सबै जना चिनिया नै । उनले पनि कुरै कुरामा "yes yes wireless internet" भने । भने पछि अरु दुई जना चीनिया साथी सँगै म पनि बस्न थाले त्यही wireless internet भएको घरमा । घरबेटी भने खासै अँग्रेजी बोल्न जान्दैनथिए - तर अरु रुममेट साथीहरुको सहायताले जस्तोसुकै गर्जो पनि टर्दथ्यो किनभने उनीहरु मन्डारिन पनि अँग्रेजी पनि बोल्न सक्दथे । खासै कुरै पनि के गर्न पर्थ्यो र - भाडा दिने चेक लेखेर हो, बाँकी गर्नु पर्ने कुरै पनि थिएन । मैले खोजेको शान्ति र हाई स्पीड ईन्टरनेट हो - जुन यो ठाउँमा छँदै थियो । किचेनमा पनि म भएको बेला उनीहरुले छाडिदिने, उनीहरु भएको बेलामा मैले छाडिदिने - यस्तै अघोषित gentlemanly understanding थियो, साथै किचेन पनि त्यति ब्यस्त हुँदैन थियो । अरु त ठीकै थियो । खोजेकै जस्तो शान्ति पनि थियो । तर बेला बेलामा ईन्टरनेट आफै काटिराख्ने । मैले मेरो रिमोट-नेटवर्क मा जोडिईराखेर खास खास महत्वपूर्ण काम गरिराखेको बेलामा पनि एक्कासि काटिने । मैले त यो wireless भनेकै यस्तै होला भन्ठानेको क्यारे शुरुमा त । आफू खासै च्याट गर्ने मान्छे पनि होईन, बेला बेलामा भउतेसित च्याट गर्दा पनि भउतेलाई पनि त्यही भन्ने गर्दथेँ - मेरो वायरलेस ईन्टरनेट हो, बेला बेलामा काटिईराख्छ भनेर । सोझा भउतेले पुरै कुरो त यो लेखोट पुरै पढेपछि मात्रै बुझ्लान क्यारे ।
Read Full Discussion Thread for this article