Posted by: Bhaute February 6, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
गौतम जी, सबै गजलमा consistency (नेपाली शब्द सम्झिन सकिन) नआए सम्म छलाङ मारेको भनेर स्विकार गर्न अलि गारो होला कि! १-२ वटामा लाटोको खुट्टा बाटोमा परेको हो सायद। शिरिषजीको लगावलाई मार्ग दर्शक मान्ने र नेपेजीको दिनुभएको हौसलालाई आत्मसात गर्ने हो भने क्यै अवश्य सिकिन्छ। सहपाठीहरुको "वाह वाह" को आफ्नै स्थान छ। पाठकहरुले गल्ति र लेखाइको स्तरमा भएको गिरावट औँल्याइदिनु भए झन सहर्ष स्विकार हुनेछ। जे होस प्रतिकृयाको लागि आभारि छु है। दादा, समुन्द्र र ईश्वरलाई धन्यवाद। प्रेम-बिछोडका बिषयमा धेरै स्तरीय कविताहर, गजलहरु र गीतहरु देखेकोले होला सायद यस बिषयमा गरेको मेरो केहि लेख्ने प्रयास आफैलाई चित्त बुझ्दैन। अलिक अध्यन गर्नु पर्ने देखेको छु। नेपेजीले माथि टाँस्नु भएको "मधुशाला" जस्तै केही कृतिहरु अध्यन नगरि हुँदैन जस्तो छ। तै पनि यसो सुरुवात गरुँ भनेर अति सस्तो बिषयलाई समातेर गरेको यो झिनो प्रयास तत्कालको लागि टाँसिहाल्न मन लाग्यो। :-) -भउते खुसुक्क घर बाहिर गरेको बद्मासीको घरकी बुढी सँग बयान।
Read Full Discussion Thread for this article