Posted by: shree5 February 6, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
कति जिस्काम्नी हो र बरा यी सानेलाई पुनि, नरिसाम है, ठट्टै जो त हो । बिहान उठेसी येसो नास्ता-अर्नी चिउरा सिउरा के के खाएचन केरे अघाउन्जेल जो । अनि लास्टाँ "ढ्याउऽऽ" अर्दै पानी खान परो, एक गिलास पानी लेउ त भनेछन केरे सानी भाउजुलाई । भाउजुले बरा येसो हेरेको त भान्साँ पानीको थोपो छिटो केही रईन्च केरे । सानी भाउजुले त्याँसी भाँडा माज्न पानी ल्याम्न परो भनेर गाग्री टिपेर दैलाबाट निस्किचन केरे बाहिर । अनि साने दाईलाई त बरा नयाँ दुलही लाई पानी लिन जाँदा नि छोड्नै मन लाएनच केरे, जतिखेर पुनि हेरम हेरम हुँदो रैच केरे । तेसो भ'र सँगसँगै नागबहाल तिरका ईनाराँ नि नछोडिकिनै जो गएछन्। पँधेराँ लामै जो लाईन रैच केरे, जे भओ भओ भनेर तेँहीको होटेलाँ छिरेर भा पुनि एक गिलास पानी भनि खाईहालेछन के - बाडुली लागेर हैरान के नत्र त । अनि फेरि पँधेरा मा जो गएछन - हेरि राखम झै लाग्नी केरे दुलहीलाई, छोड्नै सकेन्छन् के । अनि घर आएसि सरसफाई जो अरेसि घुम्न निस्किन मन लागेछ केरे नयाँ दुलाहा-दुलहीलाई । आज त खाली खुट्टै जो हिँडेचन जस्तो छ, तो हिजोको चईनी "ईमर्जेन्सी" लेखेको एम्बुलेन्स मटरसाईकल नि कता छोडेछन् कुन्नि । त्याँसी मन्दिराँ गएछन केरे । नेपाल बन्दाको दिन भएकोले लँके (kalankistha) पुनि आज त मज्जाले जो सईड हान्न चईनी लईन मार्न पाईन्च भनेर बिहानै जो गाका रैचन केरे मन्दिराँ जो । ठ्याक्कै साने दाई र सानी भाउजु चईनी टुकुन-टुकुन अर्दै मन्दिर तिरै जो गाको देखेछन । अनि त भर्खर बिहे अरेका जोडा-जोडीले के के अर्दा रैचन भनेर तेहीबाट जो जुल्क्याएर हेर्न थालेचन केरे । त्याँसी साने दाईले भने अब बिहानै जो जोत्न जानी जस्तरी पेटभरि खाका केरे, उनले त के पुजा गराई भओ र । भाउजुले भने भगमानका फुटा किनेर त्याँसी चईनी फुलपाती नि किनेर पुजा गर्न गईछन है । साने दाई भने खानका काल केरे, त्यँहा पुनि टन्नै जो चना चटपटे किनेर खाएछन है - लँके ले सुनाम्दै थे । अनि भाउजु पुजा अरेर निस्के पछि पनि तेँही मन्दिर हुँदी जो बसेका अरे दिनभरि जो । महिसासुर ले भनेको दिनभोरि जो दाई-भाउजु त तेही मन्दिरको छेउमा चटकेले सर्प नचाको चईनी बाँदर नचाको के के जाति जरिबुटी बेचेको हेर्दै बसेका थिए अरे केरे । अब भोलि के के हुन्च, भोलि जो हेरम्ला त नि ;) Keep rolling...
Read Full Discussion Thread for this article