Posted by: Gautam B. February 4, 2006
Login in to Rate this Post:
0
?
"शाही पूजा"
-१-
हे भद्रकाली!
दल सिध्याइदेउ
बोको चढाएँ
-२-
राँगै चढाएँ
दोहोलो काढिदेउ
माओवादीको
-३-
'बुध्दि' फिराउ
'कुइरे', 'भारत' को,
सुन अर्पौँला!
-४-
सुन अर्पौँला!
राष्ट्र बैंक मेरै हो!
मेरै सुन हो!
-५-
तिम्रा मन्दिर
देशैभरि हुनेछन्
मेरै बिर्ता हो!
-६-
हे भद्रकाली!
रक्षा गर हे माता!
हे भद्रकाली!