Posted by: Poonte February 3, 2006
Security forces call Bhadrakali
Login in to Rate this Post:     0       ?        
हे, भद्रकाली माई! यिनीहरुको मस्तिष्कमा केही सुबुद्धि पलायन गरि देऊ, ताकि यिनीहरु कोही एक व्यक्तिको दास बन्न छोडेर सारा नेपालीको सेवामा तल्लीन हुन्! यिनीहेरुको आँखा खोलिदेऊ, ताकि यिनीहरुले पनि क्रूर शासकविहिन नेपालको प्रगतिशील भविष्य छर्लङ्ग देखुन् र बुझुन्! अनि यिनीहरुको हात बङ्ग्याईदेऊ, ताकि सुबुद्धि नपालाएमा, वा आँखा नखोलेमा, जनतालाई बन्दुक ताक्दा तेस्को गोली नारायणहिटी तिर लागोस्! हे, भद्रकाली माई! तिमी नै जो छौ हाम्रो रक्षा गर्ने! यो पुन्टेको ईच्छा पुरा गरिदिए १०८ गोटा लड्डु र एउटा सिङ्गै बोका लिएर हाजिर हुने थिएँ हजुरको थानमा! श्री भद्रकाली, श्री दन्तकाली, श्री दक्षिणकाली, श्री महाकाली माई की, जय! जय!! जय!!!
Read Full Discussion Thread for this article