Posted by: nepal_heaven January 31, 2006
King's Wesnesday Address !
Login in to Rate this Post:     0       ?        
This is what the speculation for King's tomorrow address to the nation http://www.himalkhabar.com/index.php? option=com_content&task=view&id=105&Itemid=1 शाही घोषणाका चार सम्भावना Tuesday, 31 January 2006 टिप्पणी - शिव गाँउले १९ माघ २०६२ विहान ९ बजे राजाबाट शाही घोषणा हुने निश्चित भएको छ । आफूले शासन सत्ता हातमा लिएको एक वर्ष पुगेको दिन र समयमा राजाबाट हुन लागेको सम्बोधनप्रति आम चासो र चिन्ता रहेको छ ।२६ माघमा नगर निर्वाचनको तिथि आउन एक साता बाँकी छ । सात राजनीतिक दलको आन्दोलन चुलिँदै गएको र माओवादीको एकसाता लामा नेपाल बन्दको कार्यक्रम नजिकिन लागेको यो अवस्थामा राजाको घोषणा आउन लागेको हो । के आउन सक्छ भोलिको घोषणामा ? १. राजाबाट तीन वर्षे रोडम्याप बमोजिम शासन हातमा लिएकोमा एक वर्ष पूरा भएको र यस अवधिमा प्रजातन्त्र लिकमा फर्काउन विविध प्रयासहरु भएको बारे आम जनतालाई जानकारी । शान्ति सुरक्षामा हिजो भन्दा सुधार आएको र देश निर्वाचनको प्रक्रियामा गएकोले दल लगायत सबैले यसलाई साथ दिनुपर्ने । यो निरन्तरताको नीति हुने । २. निर्वाचन स्थगित, दलमाथि क्रमशः खुकुलो परिस्थिति हुने अवस्थाको सिर्जना । त्यो उदारवादी वा पछि फर्किने सोचाइ हुने । ३. त्यसो नगरेर कतिपयका विचारमा निर्वाचन चाहिँ स्थगित गर्ने तर दलमाथि झन् कडा रवैया अपनाएर अघि बढ्ने सम्भावना । यो हिजोको भन्दा पनि कठोर हुने । ४. राजाबाट संविधान पुनर्लेखन गर्न समिति गठन हुने । पुनः संकटकालको घोषणा, दलमाथि प्रतिबन्ध, अन्तरिम संविधान जारी र वर्तमान संविधान रद्ध हुने ।
Read Full Discussion Thread for this article