Posted by: Gautam B. January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
मैले सुनेको कुरो है बिश्वस्त सूत्रबाट। दादा पखरा महेन्द्रपूल पुग्नासाथ शाही सेनाको फूलबारी ब्यारेकको आर्मीले च्याप्प समातेर फुत्त गाडीमा हालेर ब्यारेकभित्र लगेछ। हाम्रा दादा त ल अब के के हुने हो भनेर डरा'र देवी-देउराली, कूल देवता, पशुपति सब सम्झिन पुगेछन्, अझ गायत्री मन्त्र पनि जप्दै थिए रे भन्थ्यो आर्को देख्नीले त। तर भित्र लगेर सलुट पो ठोक्छ गाँठे! "२ ए राता मकै! म अझै निदा'को छु कि के हो?" भनेर दादाले आफूलाई चिमोट्न खोज्दा सेनालाई "सेवा" पुर्याउन आ'की नगरवधुलाई पो चिमोट्न पुगेछन्; उ करा'सी दादाले "सरी...सरी" भने रे। (यी बूढाले जानी जानी गरेका हुन्, चौतारीका दम्तरीले पो चिनेका छन् यीन्लाई! साँप्रा वरिपरि देखेपछि त्यसै त्यसै जम्जमाउँछन्।) "हजुर मेर भइदिनु परो सा'प।" भन्छ रे एउटा रिकुटे। "काँ मेर हुनु? जापान हुँदी मेरो पर्मेण्टी नुकरी छ। तेस्तो खास्साको नुकरी छोडेर यो भूतले खाजा खानी बेलाँ मेर-सेर हुनु छेन मलाई!" दादा कड्केछन्। मेर हुन्न भनेर कड्केपनि कड्किदाँको पारा भने पक्का मेरको जस्तो थियो। "हुन्न भनेर पाईन्छ!? एउटा हैन तिन्टाको हुनुपर्छ। एउटा पुतली बजार भो, अरु दुइटा कुन चाईन्छ लु भनम्। पखरै पनि दिम्ला। नाम पनि तुल्पीटर गिरिसंग मिल्दोर'छ, गज्जब हुन्छ।" अर्को हाकिमजस्तो आएर धम्क्या'छ दादालाई। दादापनि बाहुला सारेर रन्किन थालेका थे रे, मेरो सूत्रलाई सेनाले लघारेछ। पुतली बजारचैँ दादाकै भो है अब। दादाले मानेर छाने भने मेरो विचारमा बाग्लुङ पनि छोड्दैनन्। "काठको छानो ढुंगाको मानो, स्वास्नी नपाए बाग्लुङ जानु" भनेर दादाले भनेको यी कानले पनि सुनेका हुन् कतिचोटि।
Read Full Discussion Thread for this article