Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
साँच्चै गोतामे जी, इलाम वास्तवमा नै धेरै रमाईलो छ। फिक्कल सम्म ओहोर दोहोर गर्नुभएको रहेछ, भनेपछी कन्याम चिया बगान पनि घुम्नुभयो हैन? अनि इलाम बजार माथि क्याम्पस बाट उत्तर पूर्व तिर हेर्दा पनि कति रमाईलो देखिन्छ है? तपाई अन्तु डाँडा पुग्नुभयो? म त इच्छा हुँदाहुँदै पनि जान पाइन धेरै रमाईलो सुर्योदय देखिन्छ भन्छन। साइँला र गोतामे काँठे रे? म पनि लगभग काँठे नै हुँ गाँठे! धेरै समय म पनि पश्चिम तिर यात्रा गर्दा गर्दै बित्यो त्यसैले यहाँ पश्चिमे शैलीमा बोल्न खोजेको। म चाहिँ नुवाकोटको परेँ। :)
Read Full Discussion Thread for this article