Posted by: Gautam B. January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
चौतारी कति छिटो तन्केछ गाँठे! पूर्वको कुराले मलाई इलामको याद आयो। त्यहाँ चार महिना बसेको थिएँ, पुवाखोलाको प्रोजेक्टमा काम गर्दा। गोलाखर्कमा डेरा थियो। प्रोजेक्टको इन्टेक दमाई साँघु (?) भन्ने ठाममा थियो। त्यति घुम्न भ्याइएको हैन। गोलाखर्क, इलाम बजार र फिक्कल गरेर समय बित्यो। नेपाल मैले धेरै घुम्न पाएको छैन, जति घुमें, तीनमा ईलाम असाध्यै मन परेको छ। यो साहिलो काठमाण्डुको काँठे रे! म पनि त्यहि हुम् यार! इलाम पछि छ वर्ष जति पोखरा बसेकोले आफूलाई पोखरेली हुँ भनुम् जस्तो पनि लाग्छ। साहिलो कतापट्टिको काँठको? मेरो थातचैं कलंकी भन्दा अलिक भित्रतिर पर्छ।
Read Full Discussion Thread for this article