Posted by: nepalean January 27, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
चौतारी! चौतारी! चौतारी! तिम्रो घर चाचछरी त्यहीँ तल हैन र? तिम्लाई मैले चाँचरी चिनेको छैन र? बामरी फुलको बोट आयो ढल्काउँदै झमझम इस्टकोट आयो ढल्काउँदै झमझम इस्टकोट झट्ट कपाल चाँचरी कोर न सान्नानी तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि बामरी फूलको बोट नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा। सुर्खेत बुलबुल ताल माया मै सानी हुनाले छुट्यो माया जाल पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ सुर्खेत बुलबुल ताल माया मै सानी हुनाले छुट्यो माया जाल ... ... सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न । पानी खानी कल कले धारो, माया लाउनी फेदीको चौतारो, समय छोटो छ हजुरले दिएको यौटा फोटो छ उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके। जिन्दगी जीन्दगीसँग आँखी छ, हरेक आँखामा आमन्त्रणको झाँकी छ कसलाइ के चासो !! कसलाइ के चासो कहाँ रात विताएँ मैले ? यतिनै काफी छ कि म मा अझै बैँस बाँकी छ ...
Read Full Discussion Thread for this article