Posted by: chipledhunga January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
नक्साजी, लौ तपाईंसँग पनि चौतारीमा भेट भो, खुशी लागो। दोहोरीमा त त्यही एक चोटि गए देखि फेरि गा छैन म। तरुनी कोही थिएनन भौते मारुनी मात्रऐ थिए। अहिले तपाईंका मुलुकमा त रात ढलिसक्यो, तपाईं पनि दुई चारवटा Guiness लगाएर ढलिसक्नु भो होला। यता हुंदी भेट्दै गरम्ला नि। बिर्खे, लौ मैले पनि त बसन्तपुरको याक होटलाँ तुम्बा र मम खाको थें। अनि संखुवासभा जिल्ला छुनैलाई मात्र अलि माथि गएको थिएँ। तेस्पछि कुहिरो छिचोल्दै बसबाट हिले झरिएको थियो। चौध बर्ष ठ्याम्मै बितेछ गाँठे। पहिला पश्चिमकै यात्रा सक्काम अनि पूर्वका बेलिबिसतार थालम्ला नि कसो?
Read Full Discussion Thread for this article