Posted by: world_map January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो चौतारी त हरेक दिन दुगुना, रात चौगुना हुँदै बढ्दै त गाँठे! म चौतारीबाट चङ्गा उडाउन खोज्दैछु, दशैं त गइसको, चैते दशैंको लागि पिराक्टिस् (practice) गर्या क्या। तर ३ सय मिटर धागो छोडेपछि त लटाईंमा धागै सिध्दिने भन्या, अनि त परेन फसाद? चङ्गा त चेत, फेरी अर्को लटाईं ल्यायो, ३ सय मिटर धागो छोडेपछि त्यो नि सिध्दिन्छ। हैन ए नमे, ३ सय मिटर भन्दा लामो धागो भा' लटाईं पाईदैन र? साने साहुलाई भनेर मगाउन लगाम् न, नत्र त मेरा चङ्गा सँधै चेत हुने भए, त्यो नि मेरा प्यारा नउशा च्यातेर बना'का चंगा!
Read Full Discussion Thread for this article