Posted by: General January 26, 2006
Municipal Election: Gyane's Popularity?
Login in to Rate this Post:     0       ?        
Meri Bassei, Naya Model ko Democratic Election: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=63781 चुनावी गाईजात्रा न बाजागाजा, न फूलमाला । न प्रस्तावक, न समर्थक । न जुलुुस, न घोषणापत्र । न अनुहारमा हाँसो, न आत्मविश्वास । न सार्वजनिक पहिचान, न जनपरिचालनको सामथ्र्य । मनोनयनपत्र भर्न सम्बन्धित निर्वाचन कार्यालयहरूमा पुग्ने उम्मेदवारहरू बिरालोझैं लुसुक्क पस्ने गरेका बिहीबार दिनभरिका दृश्यले निर्वाचन आफैंमा हास्यव्यंग्यमा परिणत भएको छ । न मतदातालाई आफ्ना उम्मेदवार थाहा हुन सकेको छ, न उम्मेदवारहरू नै आफ्नोबारेमा प्रचारप्रसार गर्न सकेका छन् । स्वयं उम्मेदवारहरूका आँखामा आतंक र अपराधबोध पाइनुजस्तो विडम्बना निर्वाचनका नाममा अरू के हुनसक्ला ? राजाको एक्लो हठबाट निर्वाचनजस्तो शुद्ध लोकतान्त्रिक अभ्यास हाँसोठट्टाको विषय बन्न पुगेको छ । निर्वाचन राष्ट्रिय उत्सव हुनुपर्नेमा गाईजात्रा बनेको छ । उम्मेदवारहरू व्यंग्यका पात्र भएका छन् । निर्वाचन र लोकतान्त्रिक प्रक्रियाको धज्जी उडाउने यो पर्याप्त छ । निर्वाचन गराई प्रजातन्त्रलाई पुनर्ताजगी दिने नाममा भएको यो गाईजात्राको न कुनै राजनीतिक तर्क छ, न व्यावहारिक उपादेयता । गाईजात्रा भन्ने टिप्पणी गर्दा एउटा सांस्कृतिक पर्वको अपमान हुन सक्ला तर निर्वाचन नाम दिइएको यो प्रदर्शनले नेपाल राष्ट्रकै खिल्ली उडाएको छ । देशका ५८ वटा नगर पदाधिकारीका लागि हुन लागेको भनिएको निर्वाचनका लागि करिब चार हजार पदका लागि अधिकांश उम्मेदवारी स्वतन्त्र नाममा परेको छ । एकपल्ट चोइटी सकेर चुनाव चिह्न बलजफ्ती जोगाइरहेको एकजना मन्त्रीको सद्भावनाबाहेक कुनै राष्ट्रिय पार्टीले भाग लिएन । गृहमन्त्रीको बल प्रयोगबाट भर्खरै चोइटिएको अर्को राष्ट्रिय पार्टी राप्रपाको विद्रोही गुटबाहेक परम्परागत रूपमा राजाकै पक्षमा रहेका पार्टीले पनि उम्मेदवारी दिएनन् । अधिकांश स्वतन्त्र, अपरिचित, अस्पष्ट उम्मेदवारहरू लुकिछिपी निर्वाचन कार्यालयमा देखापरे । निर्वाचन आयोगले सरकारको लहैलहैमा लागेर उम्मेदवारको फोटो पनि नचाहिने, प्रस्तावक र समर्थक पनि आवश्यक नपर्ने अभूतपूर्व सूत्र प्रयोग गर्‍यो । निर्वाचन आफैंमा आतंकको एउटा स्रोत भएको छ । मनोनयनपत्र भर्ने अघिल्लो दिन सरकारले उम्मेदवारको व्यक्तिगत दुर्घटना बिमा घोषणा गर्‍यो मानौं जनप्रतिनिधि चुनिन तयार व्यक्तिहरू कुनै दुर्घटनामा पर्दैछन् । उम्मेदवारी दिनेहरूलाई सुरक्षा निकायले सामूहिक रूपमा एक ठाउँ राखेर सुरक्षित रहने प्रशिक्षणहरू दिन थालेको छ । राजाको प्रत्यक्ष शासन सुरु भएपछि विभिन्न नाममा खुलेका समूहहरू देखिएका छन् जसको कुनै सैद्धान्तिक, राजनीतिक र सांगठनिक आधार र साख छैन । निर्वाचन जनप्रतिनिधि छान्ने अनिवार्य अवसर हुनुपर्नेमा मुठभेडको नयाँ शृंखला सुरु गर्ने माध्यम बन्न पुगेको छ । प्रमुख पार्टीहरूले ँनेपाल बन्द’ गरी मनोनयनपत्र भर्ने तिथिलाई कालो दिनका रूपमा मनाए । निर्वाचनको मुखमा हजारौं राजनीतिक नेता-कार्यकर्ता बन्दी बनाइए, अझै दैनिक धरपकड जारी छ । कैयौं जिल्लामा कफ्र्यु यथावत् छ, सभा सम्मेलन गर्ने निषेधाज्ञा निरन्तर छ । सारा सचेत नागरिक समुदाय र राजनीतिक शक्तिहरू सक्रिय बहिष्कार गर्न बाध्य भएका छन् । हठपूर्वक लादिएको निर्वाचन इतिहासकै नमुना घटना हुन पुग्नुको दोष अरू कसैको हुन सक्दैन, राजाको बाहेक । न जनप्रतिनिधित्व हुने, न वैधता प्राप्त गर्ने, न संकट निकासको सहायक हुने यस्तो निर्वाचन प्रदर्शन गर्नु त्यही हठमात्र हो । राष्ट्रिय सहमतितर्फ कर्तव्यबोध गरी थोरै मात्र पनि विवेक प्रयोग होला भन्ने आशा गर्नेहरूलाई समेत झसंग पार्ने गरी बलपूर्वक सत्ता सञ्चालन गर्ने दम्भले द्वन्द्वको गहिराइ झनै बढाएको छ ।
Read Full Discussion Thread for this article