Posted by: General January 26, 2006
Municipal Election: Gyane's Popularity?
Login in to Rate this Post:     0       ?        
"गणतन्त्र नेपाल" बाट (http://www.ganatantranepal.org/01/report/r09;20621013.html) जर्वजस्ती उम्मेदवारी, उम्मेदवारको घरमा रुवावासी अधिकांश नगरमा उम्मेद्‌वारी नै परेनन् स्वतन्त्र समाचार सेवा, १३ माघ २०६२, काठमाडौं प्रमुख संसदवादी दलको सक्रिय बहिष्कार लत्याउँदै ज्ञानेन्द्रको सरकारले गर्न लागेको नगर निर्वाचनका लागि ५८ नगरपालिकाका आंशिक स्थानमा मात्र उम्मेदवारी दर्ता भए। उम्मेदवारको अभावमा कतिपय ठाउँमा सरकारले जर्वजस्ती उम्मेदवार उभ्याएको थियो। सात दलको सक्रिय बहिष्कार र माओवदीको धम्कीका कारण सरकारले आफ्नो साधनस्रोतको दुरुपयोग गर्दै उम्मेदवार ओसारीरहेको थियो। काठमाडौं महानगरपालिकाका सातवटा वार्डअध्यक्ष पद उम्मेदवार विहिन बन्यो। त्यस्तै, ललितपुर उपमहानगरपालिकाका साथै कीर्तिपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाको पूरा स्थानमा उम्मेदवारी पर्न सकेन। राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारी समूहले समेत उपत्यकाका सबै नगरपालिकामा उमेदवारी दिन सकेन। सरकारी राप्रपाले ललितपुरमा मेयर र उपमेयरका उम्मेदवार पाएन। महानगरपालिकाको मेयरमा पूर्व मनोनित उपमेयर राजाराम श्रेष्ठले सरकारी राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिए। ललितपुरमा समता पार्टीका तर्फबाट मधु शाह मेयरको उम्मेदवार बनेका छन्। ललितपुरमा मेयरका उम्मेदवार ४ जना रहेका छन्। उपमेयरमा सात जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, भक्तपुर नगरपालिकामा सरकारी राप्रपाका मेयर सुमित्रा मधुकर्मी र उपमेयरमा सूरज हाडा उम्मेदवार बनेका छन्। भक्तपुरमा मेयर र उपमेयरमा अन्य उम्मेदवार छैनन् भने १७ वटा वार्डमध्ये ११ वटा वार्डमा मात्र उम्मेदवारी परेको छ। यसै गरि कीर्तिपुर नगरपालिकामा ३ जना मेयर, १ जना उपमेयरको उम्मेदवारी परे पनि ५ नं र २ नं वार्ड खाली रहेका छन्। मध्यपुर ठिमी नगरपालिकामा मेयरका लागि ४ र उपमेयरको लागि २ जनाले उम्मेदवारी दर्ता गरेका छन्। १७ वार्डमध्ये १४ वटा वार्डअध्यक्षको लागि उम्मेदवारी परेको छ। त्यस्तै, महानगरपालिकामा सरकारी राप्रपा, नेपाल समता पार्टी, राष्ट्रबादी मिलन केन्द्र, राष्ट्रिय जनमुक्ती पार्टीगायतका झिना मसिना पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। वार्ड नं ८ को वार्डअध्यक्ष शिव पार्वती स्कूल काभ्रेका पियन पदमा कार्यरत राधा उपाध्यायलाई जर्वजस्ती उम्मेदवारी दर्ता गराइएको छ। उम्मेदवारी दर्ता गर्ने अन्तिम समय साँझ ५ बजे तोकिए पनि ६ बजेसम्म उम्मेदवारी दर्ता गर्दा प्रहरीले रोक्ने प्रयास गरेको देखिएन। साँझ ६ बजेपछि उम्मेदवारी दर्ता गराउन गएका विष्णुबहादुर बरालको उम्मेदवारी सदर गराइएको छ। मेयर पदमै उम्मेदवारी दिएकी सुधा खत्री आफूले उम्मेदवारी नदिएको भन्दै सभागृह हलबाहिर निस्किएकी थिइन्। संचारकर्मीहरुले तपाईंको त नामावली छ नि भन्दा उम्मेदवारी फिर्ता लिने बताएकी थिइन्। त्यस्तै संचारकर्मीहरुले उम्मेदवारको नामावली माग्दा सुरक्षाका कारण दिन नमिल्ने काठमाडौं जिल्ला निर्वाचन आयोगका कर्मचारीले बताए। त्यस्तै देश भरका अन्य नगरपालिकाहरुमा पनि सबै स्थानामा उम्मेदवारी परेको छैन। नुवाकोट सम्वाददाता ध्रुवकुमार रावलका अनुसार नगर प्रमुखको उम्मेदवारी मनोनयन गर्न गएको नेपाल समता पार्टीको समूहलाई नेपाल प्रहरीले स्कटिङ्का साथ पार्टी कार्यालयबाट निर्वाचन कार्यालयसम्म पुर्‍याएको छ। नेपाल समता पार्टी मेयर पदका उम्मेदवार धर्मबहादुर थापा लगायतका अन्य कार्यकर्तालाई प्रहरीले स्कटिङ् गरेको थियो। नारा-जुलुर साथ आएको सो पार्टी कार्यकर्तालाई तिन दर्जनभन्दा वढी प्रहरीले स्कटिङ् गर्दै निर्वाचन कार्यालय पुर्‍याएर छाडेको थियो। त्यस्तै, सरकारी राप्रपा जिल्ला सदस्य रामकृष्ण भट्टले उपमेयर पदको उम्मेदवारी दिएका छन्। बाग्लुङ् सहकर्मी सागर शर्माका अनुसार बाग्लुङ् नगरपालिकाको पाँच वार्डमा उम्मेदवारी परेन। नगरपालिकामा ११ वटा वार्ड छन्। नगरपालिकाको प्रमुख पदमा सरकारी राप्रपाबाट पूर्व मनोनित प्रमुख विदुर खड्का र समता पार्टीका द्रोणाचार्य शर्मा तथा उपप्रमुख पदमा सरकारी राप्रपाका नारायाणप्रसाद आचार्य र स्वतन्त्र रुपमा महेन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी नगरपालिकाका ११ वटा वार्डमध्ये दुई वार्डमा दुई/दुई जना तथा चार वटा वार्डमा एक/एक जनाले वार्डअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। बाँकी पाँच वटा वार्डमा कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन्। पोखरा सहकर्मी हरि भट्टराईका अनुसार पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा नगर उपप्रमुख निर्विरोध भएका छन्। पोखरा उपमहानगरपालिकामा जयलाल पुन र लेखनाथ नगर पालिकामा दिनेशबहादुर राजभाट निर्विरोध भएका हुन्। लेखनाथ नगरपालिकाको वार्ड नं. १, ५, ८, १२, १३, १४, १५ मा उम्मेदवारी नपरेको लेखनाथ नगर निर्वाचनको कार्यालयले जनाएको छ। तीमध्ये वार्ड नं. ११ मा मात्र चार जनामध्ये एक जनाको मात्र सदस्यहरुको मनोनयन परेको छ। पोखरा उपमहानगर पालिकाको वार्ड नं. ७ मा अध्यक्षमा पनि उम्मेदवारी परेन। नगर निर्वाचन कार्यालयका अनुसार, नगर प्रमुख पदमा भने राप्रपाका हरिबहादुर हरिजन, स्वतन्त्र उम्मेदवारहअरु चन्द्रबहादुर रानाभाट तथा विष्णुकुमारी गुरुङले उम्मेदवारी दिनुभएको छ भने उपप्रमुखमा दिनेशबहादुर राजभाटको एक्लो उममेदवारी परेको छ। पोखरा उपमहानगरपालिकामा भने वर्तमान जिल्ला विकास समितिका उपसभापति देवीजङ्ग गुरुङ हरिबहादुर कार्की, विष्णुकुमार प्रसाई, राप्रपा थापाका पोखरा उपमहागर सभापति भीमसेन थापा, अम्मरबहादुर गुरुङ र यमबहादुर परियारको प्रमुख पदमा उम्मेवारी परेको छ। उपप्रमुख पदमा जयलाल पुन निर्विरोध भएका छन्। धनगढी सहकर्मी शिवराज योगीका अनुसार धनगढी नगरपालिकामा मेयर पदको उम्मेदवारीमा कुनै पनि पार्टी मनोनयन दर्ता गराएका छैनन्। मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा प्रेम बी.सी.ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने ९ नम्वर वार्डका लागि अध्यक्षको रुपमा जयबहादुर विष्टले उम्मेदवारी दिएको वुझिएको छ। नगरपालिकाका लागि चाहिने ७२ जना उम्मेदवार मध्ये वाकी ७० जनाको स्थानमा कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन्। त्यसैगरी कैलालीको टिकापुर नगरपालिका लागि राप्रपा राष्ट्रबादीका कुमारबहादुर शाह लगायत ३ जनाले मेयर पदको लागि उम्मेदवारी दिएका छन्। सो नगरपालिकाकै उपमेरको लागि २ जना, तथा ५ जना वार्डअध्यक्ष र ३ जना वार्डसदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुको नाम भने खुल्न सकेको छैन। इटहरी सहकर्मी याम प्रधानका अनुसार धरान नगरपालिकामा तीनजनाले मेयर पदमा उम्मेदवारी दिएका छन्। इटहरीमा पाँच जना, इनरुवामा चार जनाले मेयरपदमा उम्मेदवारी दिएका छन्। सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बाको घरमा उम्मेदवारीको अन्तिम नामावलि तयार गरी प्रहरीको स्कटिङमा गएर उम्मेदवारी दर्ता गरिएको हो। बर्दिया सहकर्मीका अनुसार गुलेरिया नपाका लागि अब्बास अलि धोवीले मेयर र राकेश शाहले उपमेयर पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारको नाम सार्वजनिक हुनासाथ उनीहरुको घरमा रुवाबासी चलेको छ। जनकपुर नगरपालिकामा चार जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्। एक जना हरियाली पार्टीका रहेका छन् भने अन्य स्वतन्त्र हुन्। जलेश्वर नपामा मुस्कान सेना नेपालका समूहले उम्मेदवारी दिएका छन्। धनगढी नपामा मेयरको लागि स्वतन्त्र उम्मेदवार प्रेम विसीले उम्मेदवारी दर्ता गराएका छन्। कूल ७२ स्थान मध्ये ७० पदको उम्मेदवार छैनन्। टिकापुर नपामा तीन जना मेयर, दुई जना उपमेयर र पाँच जना वार्डअध्यक्ष र तीन जना सदस्यको उम्मेदवार बनेको छन्।
Read Full Discussion Thread for this article