Posted by: General January 26, 2006
Municipal Election: Gyane's Popularity?
Login in to Rate this Post:     0       ?        
Q.1.: Where are the crowds shown in state-media when King visited diffirent parts of the country with our tax money? Truth: Even 4, 000 people do not support this culprit from all 58 municipalities. Q.2: How many percentage of total people now support his black king? Hello my friends Saroj, Bhoonte, ShresthaN Ashu et al., can you all answer? See the reality#1: नगर चुनावमा भागलिने उम्मेदवारहरूको कमी : बिबिसी नेपालीसेवा बिहिबार उम्मेदवार मनोनयन गर्ने अन्तिम दिन थियो माघ २६ गतेका लागि तय गरिएको नगर निर्वाचनका लागि आवश्यक पदहरू भन्दा अत्यन्त न्युन संख्यामा उम्मेदवारी परेको विर्वाचन आयोगले जनाएको छ। कूल ५८ नगरपालीका, उप महानगरपालीका र महानगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरी ४,००० भन्दा बढी पदका लागि उम्मेदवारी खुला थियो। उम्मेदवारी दिने समय सकिएको विहिवार सांझ छ बजेसम्म निर्वाचन आयोगमा प्राप्त विवरण अनुसार कुल पदको एक तिहाई भन्दा पनि कम अर्थात १,२०० जतिले मात्र उम्मेदवारी दिएका थिए। यद्यपी आयोगका एकजना अधिकृतका अनुसार देशका विभिन्न नगरपालीकाहरूबाट उम्मेदवारको सूची आउने क्रम जारी छ। चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टुक्रिएको समूह र सदभावना पार्टी लगायतका साना दलहरूबाट र स्वतन्त्र उमेदवारहरूले मनोनयन दर्ता गराएका छन्। निर्वाचनको विरोधमा ठाउँ-ठाउँमा जुलुस निस्कँदा भएका झडपहरूमा दर्जनौं घाइते हुनुका साथै सयौंलाई गिरफ्तार गरिएको छ। शाही नेपाली सेनाको समेत कडा सुरक्षाबीच राजावादी पक्षधरहरूले पूर्वी नेपालमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा न्युन मात्रमा उमेदवारी दर्ता गराएका थिए। विराटनगरमा उमेदवारी विराटनगर उपमहानगरपालिकाको प्रमुखमा १२ र उपप्रमुखमा १० जनाले उमेदवारी दिएका छन्। अन्य पदहरूमा २५० को हाराहारीमा उमेदवारी दिइएको बताइएको छ। बलिउडकी कलाकार मनिषा कोइराला नेपाली कांग्रेसका स्थानिय विद्रोही नेता विनोद अर्यालका साथ उमेदवारी दिने स्थलमा पुग्दा उनलाई हेर्न मानिसहरूको भिड लागेको थियो। सातदलका कार्यकर्ताहरूले नायिका मनिषा विरूद्ध नारावाजी समेत गरेका थिए। तर विहिवार आह्वान गरिएको नेपालबन्दका कारण विराटनगरको अति व्यस्त इलाका पनि सुनसान थियो। उमेदवारी दिन चाहनेहरूलाई भने कडा सुरक्षा दिएर निर्वाचन कार्यालयमा पुर्र्याइएको थियो। जनकपुरमा निर्विरोध जनकपुर अञ्चल क्षेत्रका विभिन्न नगरपालिकाहरूमा पनि निर्वाचनका लागि उमेदवारहरूले आफ्ना मनोनयन पत्र दाखिला गरेका छन्। नेपालबन्द र विरोध कार्यक्रमका कारण कतिपय ठाउँमा स्थिति तनावपूर्ण बनेपनि निर्वाचन आयोगको कार्यालयमा अप्रिय घटना चाहीं भएन। तर जनकपुर नगरपालिकाको निर्वाचनका लागि पर्याप्त संख्यामा उमेदवारी नपरेको र दुईवटा बडाहरूमा कसैले पनि उमेदवारी नदिएको हाम्रा सम्वाददाताले जनाइएको छ। केही वडाहरूका अध्यक्षहरू निर्विरोध निर्वाचित भएका भएपनि मेयर र उपमेयरहरूमा भने अपेक्षाकृत बढीले उमेदवारी दिएका बताइएको छ। तर विहिवार बेलुकीसम्म पनि कतिपय नगरपालिकाहरूमा उमेदवारी दिनेहरूको अन्तिम नामावली प्रकाशित भएको छैन। मध्य, सुदूरपश्चिमको स्थिति मध्य र शुदूर पश्चिम क्षेत्रमा पनि नगरपालिका निर्वाचनका लागि उम्मेदवारी दिने कार्यमा उत्साह नदेखिएको बीबीसी नेपाली सेवाका नेपालगंज सम्वाददाताले जनाएका छन्। नगर प्रमुख र उप-प्रमुखमा उम्मेदवारी दिनेहरूको अभाव नदेखिएपनि वडा अध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दिनेहरूको संख्या भने पर्याप्त थिएन। महेन्द्रनगरमा सर्वाधिक सातजना र दैलेखमा पाँचजनाले नगर प्रमुखका लागि उम्मेदवारी दिएका छन्। तर उपप्रमुख पदमा उम्मेदवारी दिनेहरूको संख्या दैलेख र दा‌ङ्गको घोराही रहेको छ‌ जहाँ पाँच, पाँच जनाले मनोनयन दर्ता गराएका छन्। सबैभन्दा कम उम्मेदवारी ११ वडा रहेको धनगढीमा सबै गरेर सात जना र १७ वडा रहेको नेपालगंजमा सबै गरेर १० जनाले दिएका छन्। नेपालगंजका १३ वटा वडामा उम्मेदवारी नै परेन भने धनगढीका नौवटा वडामा कसैले उम्मेदवारी दिएन। नेपालगञ्ज नगरपालिकाका लागि नगर प्रमुखको उम्मेदवारी दिएका एकजनाले श्रीमतीको दवावमा दिइसकेको उम्मेदवारी फिर्ता लिनु परेको थियो। ***
Read Full Discussion Thread for this article