Posted by: Gautam B. January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लाहुरे बूढाले ल्या'को केजाति देशी रउसीले सोत्तर बना'च गाँठे मलाई त! चौतारी हुँदी यति धेरै मुन्छेले हल्लाखल्ला अरिसक्दा पनि आँखा खुलेको हैन केरे! (पढ्दा पढ्दै म त BMLB! क्या क्या लेख्छन् दमालीहरु यार!) लाहुरे बाले एउटा खल्तीमै राख्न मिल्नी वाकमान ल्याइदेचन। काकालाई क्यामेरा देचन कि के हो? होश गर है केटा हो, यीनले कस कसका कस्ता कस्ता फुटा टाँग्ने हुन् चौतारीया। पँधेरातिर कतिखेर आईमाई नुहाउन थाल्छन् भनेर मास्तिरको बुटाँ लुकेर नी बस्छन् यिनी कहिले काहीँ। म त यस्सो आर्को चौतारीतिर पनि लागें है। काकाले मेरो मीत जो लगाईदिए रे हिजो राती परदेशीसंग। आफू त 'ऊडान' भइया थ्यो देशी रउसीमा, थाहा भा भे मार्दिनु। तर मीत भनेर भनेपछि पुग्यो। मेरा मीतका चौतारीया पनि जाम है गाम्ले हो। टेको हालेर बलियो बनाम्चु भन्थे।
Read Full Discussion Thread for this article