Posted by: Poonte January 26, 2006
Login in to Rate this Post:
0
?
ठीकै भो भउते अचेल गाउँदैन
फेयल भए मेरी साली पाउँदैन!
बल्ल प-यो माकुरी जालैमा
बल्ल प-यो भउते काजी पढाईको जालैमा!
भउते काजी मरेर पढुन्जेल
कुर्दैन साली पास भई नआउन्जेल
बल्ल प-यो माकुरी जालैमा
बल्ल प-यो भउते काजी पढाईको जालैमा!
भउते पढ्छ कोठामा लुकेर
सडकमा केटाहरु सालीलाई ढुकेर
बल्ल प-यो माकुरी जालैमा
बल्ल प-यो भउते काजी पढाईको जालैमा!
जाँचले हब भउतेलाई लत्र्याउँछ
मौका छोपी सालीलाई भेनाले भित्र्याउँछ
बल्ल च्याँप्यो सालीलाई भेनाले काखेर
रोयो भउते दुवै हात खप्परमा राखेर!
:p