Posted by: Bhaute January 26, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
यी बिर्खे बुढा पैले पैले सँधै पप्लु खेल्थे। धनसाराँ बसेर गुडगुड हुँक्का तान्दै पप्लु खेल्ने
भनेसि हुरुक्कै हुन्ते के रे। न दिनमा भोक, न रातमा निद हो के रे पपल्लु भनेसि। एक पाल्टी त अति नै भएर जिम्माल्निले त्यै हुँक्काको पाइप समाएर ढाडमा बजाइछन के रे। त्यसको डोप अझै छ भन्छन गाम्लेहरु। त्यै डोप गाम्लेले देख्छन भनेर आजकाल जिम्माल बिहानै झिसमिसेमै पँधेरामा पुग्छन नुहाम्नलाई। अस्तेरु जमुनि पनि बिहानै पुगिच के रे त्यसैले देखेकी रे पँधेरामा।
अनि हिजाज का केटाहुरले त्यै पप्लुलाई अल्लि घुमाइ फिराई अउँरेजी भाषामा नाम दिए के रे।
लोक गित बिगारेर पप गित बनाए जस्तै। पैला त मेरिज भनेसि " केका मेरिज र सेरिज हो,
पप्लु खेल्नी हो" भन्थे। अने अस्ति चित्रेले बुढालाई खुसुक्क यो मेरिज भनेको नि उस्तैहो
जिम्माल, भनेर सिकाए पछि आजकाल मेरिज खेल्न हुरुक्कै हुन्छन। आफ्नो धनसारो छोडेर
लौरी टेक्दै चौतारीमै आउछन् गाँठे।
:-)
-भउते