Posted by: kick January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
केटाहुरले म सित 'हैन काका, यस्पाली भोज खान जानि हैन र?' भनेर अस्तिनै देखुन जो भनेओ भनै थे। यस्तायस्ति वनभोज सनभोज खान जानि कुराहुर मैले जो ताँजोपाँजो मिलाउनी अरेओ छु के रे केटाहुरका लागि बर्षेनी जो। हुन नि यो बर्ष त ज्याद्रै ढिलै जो भएच। सिरे केटोले 'काका, लौ केइ त अर्नै परो। यो त भैन्। लाउरेदाई नि मल्याट छुट्टी लेर आका छन। तिन्ले भोज खान जानि हो भनि एउटो चेंग्रो एक्लैले जो हाल्चु भनेआ छन्' भनो। 'ए लौ तेसो भए त काइदै हुनि भओ के रे नि गाँठे' भनेर भने। त्याँसि सिरे र म भएर ठानाँ (police post) गइम्। क्यार्नि नगएर? पैले पैले जस्तो काँ हो र अव? तिनी कैं नभका माउवादी भन्नि डाँकाहुरले अर्दा वनभोज खान जान नि डरमर्दो छ के रे आजकल। खोलाआ तिराँ जमघट देख्दा पुलिसले माउवादी भनेर भुटे भनि त बर्बादै भओ के रे नि। तेइभेर पैले जो गएर असई सापलाई काँ जान लाछम के अर्न लाछम सप्पै भनिम्। असई सापले 'ठीक ठीक छ, तर रात नपर्दै जो फर्कन पर्ला' भने। 'हुन्च असई साप' भनेर भोजलाई चाइनि चिजहुर मिलाउन तिर लाइम्। भोजाँ जान सप्पै जो आए। गोताएँ, मुन्द्रे, नमे, बिर्खे जिम्माल, दादा, साइँलो, नेपे दाजी, भउते, लाले, पर्देसी, जङ्गे, चित्रे, रामकिस्ने, आशे (Echoes) हुर सप्पै भएर आँधीखोलाओ तिराँ गइम्। मासुओ लाइ चैं अस्ति तरालीहुराट किनेको नमेओ चेंग्रो लएर गइम। तेस्को पैसो चैं लाउरे माइलाले पछि दिनि सल्ला भओ। केटाहुर कसैले चामल, कसैले आलु, कसैले नुनतेल के के लेएर आए। सिरेले चैं आफूलाई भनेर एउटो सान्सानो कुबिन्नो नि बोकेर आओ। तेल्ले मासु खान्न के रे। एउटो ठूलो गेलिनाँ कोदोओ रउसी ले‍र आओ लालेले। खोलाओ तिराँ पुगेर समान बिसाएसि नमे, दादा, साइँला, आशे र चित्रे चेंग्रो काट्न तिर लाए। बिर्खे र भउतेले दाउरा झिंजा खोजेर आगो पार्न तिर लाए। अरुले आलुसालु पकाउन तिर लाए। ज्याद्रै जो रमैलो भओ। त्याँसि दिनभरि जो चेंग्राओ मासुसित सुरा लाइयो। गोताएँले फेरि यस्पालि नि धेरै जो धोंकेच के रे तो पर्देसीलाई 'मार्चु यल्लाई' भन्दै लखेट्दै थो। पर्देसी चैं बरा डरले चेत हराए झैं भओ थो। पछि चैं फेरि के भएच कुन्नि 'मित लाम त नि' भन्दै हातेमालो अरेर बसेआ थे दुइजनै जो। यिनी दुइटाले अलिअलि गडबड गरेनि अरु सप्पैले रमैलो अरे। यसो रमैलो अर्दै बसेर दादाओ गित सुन्दै थिम्, जेठो लाउरेले खुसुक्क कोट्याएर 'काका, एउटो सल्ला अर्न पर्नि छ, एता आउनुस् तो' भनेर अल्ली पर ठूलो जूर (ढुंगो) भएतिर लओ। के रैच र हो भनेओ त जेठओले त मल्या तिराट लेएको काइदाओ रउसी खानलाई पो बोलाओ रैच। केटोले त अगिँनै जो खुसुक्क यता तिर आएर दुइटा शिसी बिकासी रउसी पानीआँ डुबाएर राखेओ रैच। पानीआँ राखो भनि चिसो भएर स्वादओ हुनि रैच। अव तेस्तो कुरो हाम्लाई के था? तेल्ले मल्या तिर जो सिकेओ होला के रे तेस्ता कुरा। जेठोले सिरे र मुन्द्रेलाई नि खुसुक्क बोलाएर लेओ। अव सप्पैलाई बोलाएर त काँ सकिन्च तनि पुराम्न यस्तो मङ्गो रउसी! मीठो नि के ज्याद्रै भओ भनि सितन नि नचाइनी रैच यस्लाई खान त। माइलोले लाउरका कुइरी तरुनिआ कथा हालेर ज्याद्रै जो हँसाओ गाँठे। त्याँसी सप्पै मिलेर सिङगै चेंग्राओ मासु कुत्रुक्कै पारिम्। पछि खोलाआँ भाँडाकुँडा माजेर वरेर फर्किम। बाटाँ फर्कदाँ नमेले मादल ठोको। अनि दादा र बिर्खे जिम्मालओ गित र अरुहुरको तालीआँ गोताएँ र पर्देसी नाच्दै गाम आइपुगिम। गोताएँ घराँ पुगेसी नि अजै नाच्दै थो...
Read Full Discussion Thread for this article