Posted by: world_map January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लौ यो चौतारी त क्या हीट भएछ, यति चाड्चाडो बढ्दैछ, एउटा कुरा गरेर गयो, पछि आउँदा त आफ्नो कुरा कता हो कता हराइसक्ने भन्या। अनि पाउपुलेशन (population) नि ह्वात्तै बढेछ, नयाँ नयाँ अनुहारको दर्शन पाइयो। ल रामकिस्नेले राम्रो गीत गाम्दै रैछ। लाहुरे दाइ नि धेरै दिनपछि देखापर्नुभो। डल्ली आन्टीऽऽऽ, नमस्ते है! हिजो तपैंको चौतारीमा खुब भनाभन पर्या थ्यो केटाहरूसँग भन्ने सुन्याथें, भौतेले खुब हैरान पार्यो रे हो तपैंलाई? दिनुस् न एक झापट चट्ट्याम्म्म गालाँ, अनि २२ वटा दाँत नि झरेर १२ वटा भएपछि ठीक हुन्छ आफैं!! अनि हाम्रो पोरगामर (programmer) ईकोसजी नि चौताराँ आज झुल्किनुभो नि, डल्ली आन्टीकै पछि लाग्या रे!!! लौ!!
Read Full Discussion Thread for this article