Posted by: Gautam B. January 25, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
हिजो बेल्का तुच्च तुच्च पारेर परदेशी दाजुसंग कुराको छिनोफानो गरेर आम्नु परो भनेर गामको "लोकल बार" (भट्टी क्या!) तिर झरियो। परदेशी त पहिलाका आर्मी रचन, बुध्दि त अझै उहि ढिँडेनै रच, 'ठोक्नी भनेसी ठोक्नी', रिसासी आँखै देख्दा रैनचन्। म पनि डराको त थिन, आर्मी नभा'नी आजभोलि लोकतन्तर को मसाल जूलूशमा पुलिससंग जुध्दा जुध्दा ज्याद्रो भैसक्या छु। फेरि गाममाथिको डाँडोमा माउवादीको टेरेनिङ पनि अलि अलि देखिएकै हो केरे। वारी पारी बसेर आँखा तर्दै ठाडो घाँटी लाइयो के रे, तर रेफ्री बस्न आम्छु भनेको लाले कता मोरेच, आम्दै आएन! तेल्लाई रेफ्रि पो बस्दे भनेको, आफैं फाईट खेल भनेको सुनेच कि क्या हो! रेफ्री नभे'नी फाईट त पर्नी थ्यो; तर त्यहि बेलाँ भउते, मुन्द्रे, रामकिस्ने, अदाक्षे आएर कुरो मिलाए। परदेशीले एक दुई टेका लगाएर यो चौतारीलाई अलि नहल्लिने बनाए भने सप्पै यतापनि आम्ने कुरो भो। परदेशीले माने। मलाई त झन गज्जब भो! शुर्रिएर फाइट खेल्ने भनिहाले, के हो के हो लाग्या थ्यो! अब आफु दुब्लो पातलो काठीको! तर एउटा कुरो त भन्नै परो परदेशी दाजुलाई। आर्को पाला'ट तिमी चौतारी हैन चिया पसल चलाउ। गाममा गतिलो चिया पसल एउटै छैन, सप्पै "लोकल खोया बिर्के बार एण्ड रेष्टुरेन्ट" मात्तै छन्। गामका केटहरुका गाला चाउरेका, पुठ्ठा सुकेका त्यै भा'र हो। भरु तो चिया पसलाँ दूध र अण्डा सण्डा पनि बेच्नु। दूधको ठेक्का भउतेलाई दिनु। उस्काँ लैना भुईँसी कहिल्ये टुट्दैनन्।
Read Full Discussion Thread for this article