Posted by: nepalean January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हरे कस्ता जमाना आए, कसैलाइ मान्नु पनि पाप हुदोरैच । घर हजुराले त भन्थिन, कलि धप धपि बलि । हो कि रैच । अब झन मेसो मिलर काकि भने नि नहुने अनि कसै कसैले चेपारो घसेर डल्लि फुपु भनेर नि नहुनि । अब तेइ भउते ले भने जस्तो होला, डुङ्रो नै आफै बाङेर जाला, के को पुच्छर सिदा हुनि तनि ? यो मुन्द्रे पनि के भको कुन्नि ? दिउसै गायत्रि मन्तर जपेर हुन्च । यसका गुरुबालाइ भनेर अक्षम घोषित अर्नु पर्ला जस्तो । जाबो एउ लाइनको मन्तर पनि सम्झन नसकेर कराम्दै हिड्च । जनैको चिन्ता को के कुरो उसलाइ तेइ रउसिको झोलको पिर छ । के को पिर अर्चो त नि, त्यो कैले बासि नि हुदैन,कैले नि कुइदैन न; त मुसाले खान्च न त बिरालाले नै खान्च । बरु मुन्छे सं चै जोगार राख है फेरि लुकेर आर तु्च्च पार्देलान । अनि पानि मिसार जालान । मट्टितेला जस्तो देखिन्न के रे पानि मिसाको ? ल है मुन्द्रे भरे वर पौवामा भलिबल ग्याम छ, हेर्न आउनु, उतै तुच्च पारम्ला ।
Read Full Discussion Thread for this article