Posted by: shree5 January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
खास त फुपै खास्सैकी राम्री हुन् केरे, जाद्रै झलझली जो परेकि। त्याँसी ती खुईले सेते पुसाईँ (गाम्ले लवजमा फुपाजु-- मगर भाषामा -?) ले त उतै साहेपहुर बोल्नी कुरामा चाईनी खेलाम्नी कुरा जस्तै लरक्कै परेकी भनेर डोल्ली (dolly) भन्थे अरे केरे । पछि सप्पैले सजिलो हुन्च भनेर डल्ली भन्न थालेचन् । तेस्तो जातिबिधि गीठाकै गानो जस्ती गान्टी र बाटुलै परेकी त हैनन् भो । अनि माघे सक्रातिलाई भनेर तेही गुरे (Lali gurans) साहूका खच्चर खेद्नी रामकिस्नेका हात पठाको थिएँ केरे फुपैलाई ईत्ति तरुल र मुहुरे केरा। फुपै-पुसाईँले पाम्नु भओ कि पाम्नु भएन कुन्नि ? अनि मेडिम (मिस) त अचाल हाप-छुट्टीमा त दिनकै खोलातिर जानुहुन्च भन्थ्यो है लालेले अस्ति मकहाँ गाँजा तान्न आका बेलाँ। कैले (kalankisthan)पनि दिनकै कुलाको बाँध कस्न जानी भनेर खोलातिरै जान्चन अरे केरे ।लालेले माछा मार्न जाँदा देखेको अरे। फेरि जिम्माल बुढाले नि प्रौढ शिक्षा पढ्न जान परो मास्टर्नी नानीकहाँ भन्थे, ती त जाद्रै जो पात्तिएका छन् है । अबला केटीका त जिम्मालले कपालाँ हेरे झै हरेर ढाड बटार्न भ्याम्चन एक सिकिन् (सेकन्ड) नि नहुँदै । हेर है कैले, बेलैमा चईनी सिरे दाईले तिम्रा घन्टा बजाईदेको छु, पछि गुनासो अर्न पाउन्नौ केरे । हेरओ है, कुरो तेस्तो चईनी झिरिप छ भनि भनओ है, काकाले मिलाम्चान सप्पै कुरा बरु। चईनी गामको बिईज्जेत भनि नअरओ है । अनि काका, बरु येसो कुलाईनी पुजा अर्नी चईनी बगरे झाँक्रीलाई परेवा को धार दिनी भन्नी मेसो पारेर एक दिन खोलातिरै बनभोज खानी बन्दोवस्त अर्नी हो कि त कुन्नि? Keep rolling...
Read Full Discussion Thread for this article