Posted by: Gautam B. January 24, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
माफियाजी र flip flopजीलाई कविताको देशमा स्वागत छ। ************************************ माफियाजी, नेपाली साहित्यका केहि कृतिहरु अरु भाषामा अनुदित भएका पक्कै छन्। तर कुन कुन छन् र कसरी प्राप्त गर्ने भन्ने जानकारी भने त्यति छैन। तपाईँको माथिको सूचिमा भएका मध्ये धेरैजसो कम्तिमा अँग्रेजीमा अनुदित छन् जस्तो लाग्छ मलाई। पारिजातको "शिरिषको फूल" अमेरिकाको एउटा विश्वविद्यालयमा पाठ्यक्रममा पनि छ भन्ने पढेको छु कतै। साझाका नेपाली साहित्यमा जानकारी राख्ने अरु साथीहरु; नेपे, शिरिष, दादा गिरि, भउते आदिको आँखा यता पर्यो भने पक्कै पनि केहि जानकारी झर्छ। बिर्खे माइलाजीले माथि औँल्याउनु भएको www.nepalikavita.com पनि एउटा भरपर्दो स्रोत हो।
Read Full Discussion Thread for this article