Posted by: KaLaNkIsThAn January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ये हैन ए हजुरहरु हो!! क्या हो यो चौतारी भन्या ? हामी नि घुस्न पाईन्छ कि पाईन्न ? टिकट सिकट लिनु पर्ने हो कि ? कि सोर्स-फोर्स नै लाउनु पर्ने हो ? सोर्स फोर्स त छैन् है हजुर हो -- बढिमा बढि, अर्कै नाम दर्ता गरेर आमा चकारेर गाली गर्न आउछ हजुर!! म त यो धागोको लागी कुमार केटा परें हजुर। पहिलो चोटी यो धागोमा !! (फेरी कुमार भनेर अन्यथा सोचि बक्सेला । त्यो त अस्तिनै लुटिसके झ्यामपुतलीहरुले !!) बिहानै उठ्या, उठ्न पाऽऽ छैन नेपाली लेख्न मन् लागेर बबाल भएर यता तिर आको !! क्या हो नियम-सियम, यस्सो बिन्ति होस् न प्रभो !! मुनामदन बाट एउटा हरफ नै छोड्नु पर्ला जस्तो छ। सिन चै मदन भोट जाने बेलाको, बियोग चै मुनाको मुना: नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई, ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए, के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! प्यारा, विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजि धडकन्छ पलामा, यो छाती मेरो चिरेर खोली नजर गराए, त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए ! आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, प्यारा ! आँसुले बोल्दैन !! ऐया!! आजलाई पुग्यो!!
Read Full Discussion Thread for this article